+
+

वाणिज्य विभागको महानिर्देशकमा तीर्थ चिलुवाल

कम्पनी रजिष्ट्रारमा आचार्य

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २६ गते १९:२६

२६ भदौ, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दुई जना सहसचिवको पदस्थापन र ४ जना सहसचिवको जिम्मेवारी हरेफेर गरेको छ ।

सोमबारको मन्त्रिस्तरीय निर्णयबाट मन्त्रालयले १२ भदौमा सरुवा भएर आएका दुई जना सहसचिवको वाणिज्य विभाग र कम्पनी रजिष्ट्रारमा पदस्थापन गरेको छ भने मन्त्रालयकै ४ जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ ।

जसअनुसार वाणिज्य विभागको महानिर्देशकमा तीर्थ चिलुवाललाई पठाइएको छ । चिलुवाल यसअघि अख्तियारको इटहरी प्रमुख थिए । अर्थ मन्त्रालयका राजस्व समूहका अधिकृत चिलुवालसँग राजस्व अनुसन्धान विभाग, अर्थ मन्त्रालय लगायतमा काम गरेको अनुभव छ ।

यस्तै कम्पनी रजिष्ट्रारमा दिवश आचार्य आएका छन् । उनी यसअघि सूचना आयोगमा थिए ।

यस्तै वाणिज्य विभागबाट मन्त्रालय तानिएका गजेन्द्र ठाकुरलाई आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखाको जिम्मेवारी दिइएको छ ।

मन्त्रालयका औधोगिक तथा लगानी प्रवर्द्धन महाशाखाका सहसचिव यज्ञराज कोइरालालाई प्रशासन तथा संस्थान महाशाखामा पठाइएको छ त्यहाँ रहेका सहसचिव लिलाप्रसाद शर्मालाई बहुपक्षीय व्यापार तथा व्यापार सहायता महाशाखाको जिम्मेवारी दिइएको छ ।

बहुपक्षीय व्यापार तथा व्यापार सहायता महाशाखामा रहेका सहसचिव गोविन्दबहादुर कार्कीलाई योजना अनुगमन तथा मूल्यांकन महाशाखामा पठाइएको छ ।

योजना अनुगमन तथा मूल्यांकन महाशाखाको जिम्मेवारीमा रहेका जीवलाल भुसाललाई औधोगिक तथा लगानी प्रवर्द्धन महाशाखाको जिम्मेवारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?