+
+

यस्ता छन् ‘नाडा अटो शो’मा प्रदर्शनमा आएका निसानका नयाँ कारहरू

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २६ गते १८:१६

काठमाडौं । नेपालमा निसान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले निसान गाडीको नयाँ संस्करणहरू ‘नाडा अटो शो’मा प्रदर्शन गरेको छ । निसान गाडीको जेरो इमिसन सेकेन्ड जेनेरेसन निसान लिफ इलेक्ट्रिक गाडी र नाभारा प्रो फोर एक्स गाडीको विशेष साथै नयाँ निसान म्याग्नाइटको नयाँ एएमटी भेरियन्ट सार्वजनिक गरिएको हो ।

नेपाली बजारको आवश्यकता अनुरूप अत्याधुनिक अटोमोटिभ प्रविधि प्रदान गर्ने आफ्नो प्रतिबद्धताका साथ ‘नाडा अटो शो’मा निसानले सहभागिता जनाएको हो ।

पायोनियर मोटो कर्प प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक सन्दीपकुमार शारडाका अनुसार नेपाली ग्राहकहरूको रोजाइ र प्राथमिकता अनुरूप आधुनिक मोबिलिटी सोलुसन प्रदान गर्ने प्रतिबद्धताका साथ ‘नाडा अटो शो’मा निसानका नयाँ गाडीहरू प्रदर्शन भएका छन् ।

सार्वजनिक गरेका नयाँ गाडीहरूले (इनोभेटिभ प्रोडक्टस्हरूले) विभिन्न फाइदाहरूका साथ ग्राहकको आवश्यकता तथा रोजाइ पूरा गर्नुको साथै नयाँ ड्राइभिङ अनुभव प्रदान गर्ने विश्वास लिएको उनले बताए ।

निसान इन्डिया, सीबीयू र साउथ एसिया व्यापार इकाइका निर्यात प्रमुख रघुनाथले नेपाल निसान गाडीका लागि प्रमुख बजार भएको भन्दै डाइनामिक पर्फमेन्सका साथै सुरक्षा र आरामलाई सुनिश्चित गर्न उत्कृष्ट श्रेणीका कारहरू नेपाल ल्याइरहने बताए ।

निसानले चाँडै नै चाडपर्वको अवसरमा सबै नयाँ एक्स–ट्रेल ई–पावर गर्ने पनि उनले बताए । उक्त गाडीले शहरको ट्राफिकमा पनि आरामदायी ड्राइभिङ अनुभव प्रदान गर्ने बताइको छ । निसान एक्स–ट्रेलको यो हाइब्रिड इ–पावर संस्करणले उत्कृष्ट कार्यकुशलता (इफिसियन्सी), आधुनिक सुविधा र आरामदायी इलेक्ट्रिक ड्राइभिङ अनुभव प्रदान गर्ने दाबी गरिएको छ ।

निशान निभराको विशेष लाइफ स्टाइल एडिसनले उत्कृष्ट डाइनामिक पर्फमेन्स, परिष्कृत ह्यान्डलिङ र इन्धन (फ्युल) इफिसियन्सि प्रदान गर्दछन । साथै यो गाडीमा, राम्रो नोइज, भाइब्रेसन र हार्सनेस कन्ट्रोल उपलब्ध छ जसले ड्राइभिङ अनुभव आरामदायी बनाउँदछ । नाभाराको यो विशेष संस्करणमा नयाँ डिजाइन गरिएको फ्रन्ट बम्पर, निसानको ट्रेडमार्क भी मोटिभ ग्रिल, नयाँ हेडल्याम्प तथा नाभारा ब्रान्डिङको स्पोर्टि क्रोम ट्रिम समावेश छन् । धेरै टोविङ क्षमता र उच्च ग्राउन्ड क्लियरेन्सले गर्दा यो गाडी निकै आकर्षक देखिन्छ।

नयाँ थ्री स्पोक स्टिरिङ ह्विल, नयाँ टिएफटी मिटर र ७ इन्चको मल्टी इन्फरमेसन डिस्प्लेको साथमा इन्टेरियरमा स्पोर्टि अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ ।

निसान लिफ ईभीका तीन प्रमुख अनुभव

इन्टिलिजेन्ट पावर निशान इन्टिलिजेन्ट मोबिलिटीको साथ निशान लिफलेले उत्कृष्ट पावर डेलिभरी प्रदान गर्दछ । निशान लिफमा ४० किलोवाट आवरको ( लिथियम)आयन ब्याट्री छ । न्यू युरोपियन ड्राइभिङ साइकल मापदण्डका अनुसार उक्त ब्याट्रीले पूर्ण चार्जमा ३११ किलोमिटर सम्मको रेन्ज प्रदान गर्दछ ।

निसन लिफलाई, अल–इलेक्ट्रिक इ–पावरट्रेनले चलाउँदछ जसले ११० किलोवाट वा १५० पीएको अधिकतम आउटपुट र ३२० एनएमको इन्सटेन्ट टर्क प्रदान गर्दछ । १४० किलोमिटर प्रतिघण्टाको उच्च गतिमा पुग्न सक्ने निसान लिफलाई शून्यबाट १०० किलोमिटरको गतिमा जान जम्मा ७.९ सेकेन्ड लाग्छ ।

चार्ज गर्न सजिलो र सुविधाजनक हुनेगरी निसान लिफमा धेरै चार्जिङ विकल्पहरू प्रदान गरिएको छ । निसान लिफसँगै आउने युनिभर्सल चार्जिङ केबलको साथ घरको वाल– आउटलेट मार्फत १५ देखि १८ घण्टामा पूर्ण चार्ज गर्न सकिन्छ । क्विक–चार्जिङ स्टेसनहरूमा जाने हो भने निसान लिफलाई ४० देखि ६० मिनेटमा पूर्ण चार्ज गर्न सकिन्छ ।

इन्टिलिजेन्ट ड्राइभिङ

कम्पनीका अनुसार निसान लिफको ई–पेडल गाडी चालकहरूका लागि एउटा स्वागतयोग्य नवीनता हो । यो सुविधाले चालकहरूलाई एक्सेलेटरमा लगाइएको दबाब बढाएर वा घटाएर केवल एउटा पेडल प्रयोग गरी गाडी स्टार्ट गर्न, गति बढाउन, घटाउन ररोक्न सहज बनाउँदछ । जब एक्सेलेटर पूर्ण रूपमा रिलिज हुन्छ, रिजेनेरेटिभ ब्रेक र फ्रिक्सन ब्रेकले स्वचालित रूपमा कारलाई रोक्दछ । यसो हुँदा खुट्टा एक पेडलबाट अर्कोमा सर्ने आवश्यकता कम भई ड्राइभिङ सरल र थप सुविधाजनक हुन्छ । यो विशेषता शहर ट्राफिकको लागि निकै उपयुक्त हुने कम्पनीको दाबी छ ।

निशान लिफमा इन्टिलिजेन्ट, ड्राइभिङ असिस्टेन्स सुविधाहरू पनि भरिएको छ । जसले चालकहरूलाई ड्राइभिङ गर्दा थप आत्मविश्वास प्रदान गर्दछ । यी सुविधाहरूमा इन्टेलिजेन्ट क्रुज कन्ट्रोल इन्टेलिजेन्ट अराउन्ड भ्यू मनिटर हाइ बीम असिस्ट र हिल स्टार्ट असिस्ट समावेश छन् । यसमा इन्टेलिजेन्ट इमर्जेन्सी ब्रेकिङ इन्टेलिजेन्ट ड्राइभर अलर्टनेस, रियर क्रस ट्राफिक अलर्ट ब्लाइन्ड स्पट वार्निङ, लेन डिपार्चर वार्निङ, इन्टेलिजेन्ट लेन इन्भेन्शन र इन्टेलिजेन्ट ट्रेस कन्ट्रोल जस्ता विशेषताहरू छन् । जसले चालक र यात्रु दुवैको सुरक्षा सुनिश्चित गर्न मद्दत गर्ने कम्पनीले बताएको छ ।

निसान लिफमा डुअल–टोन बडी र यसको प्रतिष्ठित फ्लोटिङ रुफसहितको आकर्षक डिजाइन छ । इभि ब्लु एक्सेन्ट र भी मोशन ग्रिलले गाडीलाई अझ आकर्षक बनाउँदछ । साथै, भित्र इन्टेरियरमा पाँच जनाको लागि पुग्ने फराकिलो सिट रहेको छ ।

इन्टिलिलेन्ट इन्टिग्रेसन

निसान लिफसँग भेकल टू इभ्रिथिङ प्रविधि पनि छ जसको साथमा लिफ ब्याट्रीबाट पावर, घर र उपकरणहरूमा प्रयोग गर्न वा पावर ग्रिडमा फिर्ता गर्न बीआई डिरेक्सनल चार्जिङ गर्न सकिन्छ ।  निसान लिफ ३ वर्षको वा पहिलो एक लाख किलोमिटरको गाडी वारेन्टी र ८ वर्षको वा पहिलो एक लाख ६० हजार किलोमिटरको ब्याट्री वारेन्टीसहित आउँछ ।

बिग, बोल्ड र ब्युटीफुल निसान म्याग्नाइटको नयाँ भेरियन्ट रङमा विभिन्न रङको विकल्पसहित प्रदर्शन छ । सेसेल्स, बंगलादेश, युगान्डा र ब्रुनाइमा हालैको निर्यातको साथ सबै नयाँ म्याग्नाइट भारतबाट १५ विश्वव्यापी बजारहरूमा निर्यात गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?