
२६ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले एभरेष्ट र एनआईसी एशिया बैंकको आर्थिक वर्ष २०७९/८० को लेखा परीक्षण भएको वित्तीय विवरणबाट लाभांश प्रस्ताव गर्ने पूर्वस्वीकृति दिएको छ ।
लेखापरिक्षण गरेर राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागमा पठाएको आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सानी हिसाब र नगद प्रवाहका विवरणलाई राष्ट्र बैंकले पूर्वस्वीकृति दिएसँगै दुवै बैंकलाई गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने बाटो खुलेको हो ।
राष्ट्र बैंकले पुर्व स्वीकृति दिएसँगै दुबै बैंकले सञ्चालक समितिको बैठक बोलाएर लाभांश प्रस्ताव गर्ने तयारी गरेको हुन् । प्राथमिक पूँजीकोष पुर्याउन नसक्दा एनआईसी एशिया बैंकले आर्थिक वर्ष २०७७÷७८ र आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट लाभांश वितरण गर्न पाएको थिएन ।
यसपटक बैंकले ३ आर्थिक वर्षमा कमाएको मुनाफाबाट लाभांश दिने भएकोले बैंकले कति लाभांश दिन्छ भन्नेमा धेरैको चासो छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा करिब ३ अर्ब ७० करोड छ । यस आधारमा बैंकले करीब ३२ प्रतिशत लाभांश दिनसक्ने देखिन्छ ।
यस्तै एभरेष्ट बैंकले ४ अर्ब ३३ करोड भन्दा बढी वितरणयोग्य मुनाफा हुँदा ४०.५ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ ।
प्रतिक्रिया 4