+
+

हुन्डाइको फेष्टिभ डिलाइट २०८० सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २७ गते १४:२५

काठमाडौं । हुन्डाइ नेपालले २१ भदौदेखि सार्वजनिक गरेको फेष्टिभ डिलाइट अन्तर्गत बम्पर प्राइज रहेको हुन्डाइ एसयूभीको अनावरण गरिएको छ । भृकुटीमण्डमा जारी ‘नाडा अटो शो’मा अर्थमन्त्री डा. प्रकाशशरण महतबाट अनावरण गरिएको उक्त एसयूभी हुन्डाइ एक्सटर रहने कम्पनीले बताएको छ ।

हुन्डाई फेष्टिभ डिलाइट २०८० अन्तर्गत कुनै पनि हुन्डाई गाडीको खरिदमा ६ लाख रुपैयाँसम्मको आकर्षक नगद छुट, स्क्राच कार्ड मार्फत थप १ लाख रुपैयाँसम्मको नगद छुटका साथै १ वर्षका लागि निःशुल्क सवारी बीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।

ग्राहकको सन्तुष्टिका लागि सार्वजनिक गरिने योजना मध्ये फेष्टिभ डिलाइट २०८० योजना अन्तर्गत बम्पर प्राइजमा हुन्डाइ एक्सटर प्राप्त गर्न सक्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अटो शोमा हुन्डाइका विभिन्न उत्पादनहरुको अवलोकन गर्नुका साथै लागेका जिज्ञासाहरु पनि मेट्न सकिने कम्पनीले बताएको छ ।

हुन्डाइका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ्ग उपलब्ध रहेको र यो योजना छठ पर्वसम्म लागू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?