+
+

पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाउन सुरु

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८० भदौ २७ गते १६:१७

२७ भदौ,  काठमाडौं । सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्यूमन प्यापीलोमा भाइरस (एचपीभी) विरुद्धको खोप लगाउन सुरु गरेको छ ।काठमाडौंमा आज बुधबार एक कार्यक्रम गरी खोप अभियान सुरू गरिएको हो ।

देशभर ६ वटा संघीय अस्पताल र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमा आजदेखि किशोरीलाई खोप लगाउन सुरु गरिएको परिवार कल्याण महाशाखाको निर्देशक डा. विवेककुमार लालले जानकारी दिए । उनका अनुसार कोशी प्रदेशमा भने बिहीबारदेखि खोप कार्यक्रम सञ्चालन गरिने छ ।

१४ वर्ष पूरा भएका र १५ वर्ष ननाघेका किशोरीहरूलाई यो खोप लगाइने छ । त्यसका लागि सरकारले चीनसँग  २० हजार भाइल एचपीभीविरुद्धको खोप खरिद गरेको थियो ।

नेपालले दक्षिण पूर्वी एसियाको रणनीति अनुसार पाठेघरको मुखको क्यान्सरलाई सन् २०३० सम्म जनस्वास्थ्यको समस्याका रूपमा रहन नदिने नीति लिएको छ । जस अनुसार ९ देखि १४ वर्ष उमेर समूहका बालिकालाई नियमित खोप सञ्चालन गर्ने योजना छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बुधवार काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालमा एक कार्यक्रमकाबीच खोप लगाउने कार्यको शुभारम्भ गर्दै तत्कालका लागि सिमित स्रोत र साधन भए पनि छिट्टै सो खोप सबै किशोरीहरुले पाउने गरी सरकारले आवश्यक व्यवस्था मिलाउने बताए ।

लेखकको बारेमा
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?