+
+

अर्थ मन्त्रालयका ५५ जना कर्मचारीको एकैसाथ सरूवा

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २७ गते १९:३४

२७ भदौ, काठमाडौं । अर्थ मन्त्रालयले ५५ जना कर्मचारीको एकैसाथ सरूवा गरेको छ ।
मन्त्रालयका अनुसार अर्थ प्रशासनभित्र कर अधिकृतहरुको एक साथ व्यापक हेरफेर गरिएको हो । जसमा मन्त्रालयबाट उपसचिवहरुलाई कर कार्यालयमा खटाइएको छ भने कतिपय उपसचिवहरुको कार्यालय परिवर्तन गराइएको छ । मन्त्रालयले यसलाई नियमित सरुवा समेत भनेको छ ।

मन्त्रालयले इन्द्रबहादुर देवकोटालाई अर्थबाट ठूला करदाता कार्यालयमा पठाएको छ । चुडाराज सापकोटालाई आन्तरिक राजस्व कार्यालय जोरपाटीको जिम्मेवारी दिइएको छ ।

आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरको जिम्मेवारी राजुप्रसाद प्याकुलरेललाई दिइएको छ । उनी यसअघि आन्तरिक राजस्व विभागमा थिए ।

ठमेल कार्यालयमा विमला अधिकारी, लाजिम्पाटमा बोधराज आचार्य र नयाँ बानेश्वरमा गोविन्दराज आचार्य र कलंकीमा ज्ञानहरि पन्थी तोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?