+
+

हेटौंडामा २ चिकित्सक कुटिए

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २८ गते ९:३०

२८ भदौ, काठमाडौं । हेटौंडामा दुई जना चिकित्सकहरु कुटिएका छन् । हेटौंडा उपमहानगरपालिका-१ स्थित सञ्चो हस्पिटलका चिकित्सकमाथि कुटपिट भएको हो ।

बुधबार हस्पिटलका चिकित्सकहरू विकास थापा र प्रशान्त विडारीमाथि एचडीयु वार्डमा कुटपिट भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी सुर्य सेढाइले जानकारी दिए ।

एक महिनाअघि सञ्चो अस्पतालमा डेङ्गु परीक्षण गर्दा पुष्टि भएका हेटौंडा-१२, पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै पदमपोखरीको एक समूहले कुटपिट गरेको हो । सोही विषयलाई लिएर आफन्तहरुले डाक्टरमाथि आमक्रण गरेको प्रजिअ सेढाइले बताए ।

अस्पतालका अनुसार डेङ्गु पुष्टि भएका प्रधान आराम गर्ने भनेर घर गएका थिए भने केही दिनमै फेरि अस्पतालमा भर्ना भएका थिए । दोस्रो पटक डेङ्गु देखिएका प्रधानलाई भरतपुरमा उपचारका लागि लगेकोमा एक दिनपछि मृत्यु भएको थियो ।

कुटपिट हुँदा डाक्टर थापाको नाकमा गम्भीर चोट लागेको सञ्चो अस्पतालले जनाएको छ । डाक्टरहरुलाई हस्पिटलभित्र कुटपिट गरेपछि अन्य डाक्टरहरुलाई ओपीडी सेवा पनि बन्द गरेर आन्दोलन गरेका थिए ।

डाक्टरमाथि कुटपिट हुँदा अन्य बिरामीका कुरुवामाथि समेत हातपात भएको अस्पताल प्रशासनले जनाएको छ ।

कुटपिट गर्नेलाई प्रहरीले अझै पक्राउ गरेको छैन । प्रमुख जिल्ला अधिकारी सेढाइले कुटाइमा परेका डाक्टरहरुलाई प्रहरीमा जाहेरी दिन भने पनि जाहेरी नपरेको कारण पक्राउ नगरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?