+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

‘ब्युटीफुल माइन्ड जनजागरण अभियान’मा जोडिए मनोज गजुरेल

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २८ गते १४:१२

काठमाडौं । हास्य कलाकार मनोज गजुरेल ‘ब्युटीफुल माइन्ड राष्ट्रिय जनजागरण अभियान’मा जोडिएका छन् । मानसिक रोग रोकथाम, उपचार तथा व्यवस्थापनको उद्देश्यसहित मंगलबार घोषणा भएको ‘ब्युटीफुल माइन्ड राष्ट्रिय जनजागरण अभियान’मा उनी आबद्ध भएका हुन् ।

अभियानमा जोडिएपछि अनलाइनखबरसँग कुरा गर्दै गजुरेलले भने, ‘राजनैतिक, सामाजिक र आर्थिक परिवर्तनको विषयमा आफ्नो कला र सिर्जना पस्किए । यस्ता परिवर्तनले मात्र मानिस खुसी हुन नसक्ने बुझें । मनदेखि शान्त रहन मानसिक स्वास्थ्य आवश्यक रहेकाले अबको आफ्नो कला मानसिक बिरामी तथा जनताको मानसिक स्वास्थ्यमा समर्पित गर्नेछु ।’

समाजमा भएका विविध समस्यामध्ये मानसिक स्वास्थ्य समस्या जल्दोबल्दो रुपमा देखिएको उनको भनाइ छ ।

के हो ‘ब्युटफुल माइन्ड राष्ट्रिय जनजागरण अभियान’ ?

‘ब्युटीफुल माइन्ड राष्ट्रिय जनजागरण अभियान’ गरिबी, अशिक्षा र अन्धविश्वासका कारण मानसिक स्वास्थ्य समस्यासँग जुधिरहेका नागरिकलाई लक्षित गरेर सचेतना जगाउने अभियान हो ।

गरिबी,  सामाजिक द्वन्द, राजनीतिक लडाइँ, आर्थिक मन्दीले गर्दा व्यक्ति मानसिक समस्यामा बढिरहेको छ । र, यसको पहिचान तथा उपचार कमै मात्र भएको छ । यस्तोमा मानसिक रोग वा समस्या के हो ? कसरी पहिचान गर्ने ? पहिचानपछि कहाँ कसरी उपचार गर्ने ? के औषधि खाने ? यी सबैबारे सचेतना जगाउने अभियानको मुख्य उद्देश्य रहेको गजुरेल बताउँछन् ।

‘कोरोना महामारी, आर्थिक मन्दी, सामाजिक सञ्जालको दुरुपयोग लगायतका समस्याले मानसिक समस्या नजानिंदो ढंगले बढिरहेको छ । कोरोनामा आफू थलिएर आईसीयूमा बस्दा आफूले पनि मानसिक तनाव अनुभव गरें । मैले पनि आफैं भोगेको भएर आफू मानसिक समस्याको प्रयोगशाला पनि हो,’ उनी भन्छन् ।

गजुरेललाई समाजका अन्य व्यक्तिलाई पनि अभियानमा जोडिन आह्वान गरे ।

मानसिक समस्याको उपचार सम्भव भए पनि विभिन्न कारणले मानिसहरू उपचारबाट वञ्चित रहेकाले न्यूनीकरणका लागि सचेतना जरुरी रहेको ब्युटीफुल माइन्डका अध्यक्ष डा. गिरीराज भन्ताना बताउँछन् ।

यस अभियानमा कलकार गजुरेलसहित प्रा. डा. सरोजप्रसाद ओझा, प्रा. डा. सुदर्शननरसिंह प्रधान, प्रा. डा. शैलेन्द्रराज अधिकारी, डा. गिरीराज भन्ताना, पूर्वमन्त्री शेषनाथ अधिकारीलगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?