+
+

१६ दिन पछि बस्ने गरी प्रतिनिधि सभाको बैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २९ गते १४:१५

२९ भदौ, काठमाडौं । १६ दिनपछि बस्ने गरी प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमण र संयुक्त राष्ट्रसंघको ७८ औं महासभालाई सम्बोधन गर्ने विषयमा जानकारी गराए । ‘

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेर उतैबाट असोज ५ गते चीन जाने कार्यक्रम छ ।

प्रधानमन्त्रीले आफ्नो विदेश भ्रमणको विषयमा जानकारी गराएपछि सभामुख देवराज घिमिरेले अर्को बैठक असोज १४ गते बस्ने गरी स्थगित गरे । शुक्रबारको बैठकमा शून्य र विशेष समेत राखिएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?