+
+

३ महिनापछि रेसुङ्‍गा विमानस्थलबाट नियमित उडान

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २९ गते १४:२५

२९ भदौ, गुल्मी । गुल्मीको रेसुङ्‍गा विमानस्थलबाट तीन महिनापछि नियमित उडान सुरु भएको छ । खराब मौसमका कारण गत जेठको अन्तिम सातादेखि उडान अवरुद्ध हुँदै आएको थियो ।

मौसममा सुधार आएसँगै शुक्रबार नेपाल एयरलाइन्सको विमानले उडान गरेको नेपाल एयरलाइन्स रेसुङ्‍गा स्टेशन इन्चार्ज सुमन थापाले जानकारी दिए । शुक्रबार काठमाडौंबाट गुल्मी ११ जना यात्रु सवार थिए ।

रेसुङ्‍गाबाट काठमाडौंका लागि मात्रै तीन जना यात्रु थिए । खराब मौसमका कारण पटक पटक विमान उडान नभएपछि यात्रुमा विश्वास घट्दै गएको थियो ।

अब मौसम हेरेर हप्ताको एक दिन शुक्रबार उडान गर्ने थापाले बताए । नागरिक उड्डयन प्राधिकरणले हप्ताको दुई दिन उडान गर्न अनुमति दिएको छ ।

रेसुङ्‍गा विमानस्थलका लागि काठमाडौंबाट ६ बजेर ३० मिनेटमा उडान गर्ने गर्दछ । रेसुङ्‍गा विमानस्थलबाट काठमाडौंका लागि बिहान ७ बजेर ४५ मिनेट जाँदा उडान गर्ने समय तालिका रहेको छ ।

पछिल्लो समय सरकारले भाडा दर बढाएसँगै भाडादर वृद्धि भएको छ । रेसुङ्‍गादेखि काठमाडौंका लागि ७ हजार ८० रुपैयाँ र काठमाडौंदेखि रेसुङ्‍गाका लागि ७ हजार २८० रुपैयाँ भाडादर कायम गरिएको थापाले बताए ।

रेसुङ्‍गा विमानस्थलबाट गत वैशाखको अन्तिम सातादेखि व्यावसायिक उडान सुरु भएको थियो । यस एयरलाइन्समा (भीएफआर) सिस्टमबाट उडान हुने गरेको छ ।

रेसुङ्‍गा विमानस्थलमा बिहानी समयमा मात्रै उडानका लागि उपयुक्त हुने प्राधिकरणको निष्कर्ष रहेको छ । विमानस्थलबाट १८ सिट क्षमताको जहाजले उडान गर्ने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?