+
+

‘करिब १३५० मत ल्याएर जित्छु, सबै मिलेर आए कडा प्रतिस्पर्धा हुन्छ’

यदि पाँच जनाकै उम्मेदवार कायम रह्यो भने एनआरएनए अध्यक्षमा म विजयी हुन्छु । करिब १३५० मत ल्याएर चुनाव जित्छु । यत्ति कुरो चाहिं म ठोकुवा गरेर भन्न सक्छु ।

रविना थापा रविना थापा
२०८० भदौ ३० गते ९:१६

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १०औं अन्तर्राष्ट्रिय महाधिवेशनमा अध्यक्षकै प्रत्यासी थिएँ । महाधिवेशन प्रतिनिधि विवाद, गुटबन्दी, राजनीतिक हस्तक्षेप र विभिन्न कारणले चुनाव हुन सकेन । अझ भनौं त्यतिबेला चुनाव नै हुन दिइएन । डेलिगेट्सलाई आफ्नो नेतृत्व छान्न पाउने अधिकारबाटञ्चित गरियो । त्यसैले अहिले गैरआवासीय नेपालीहरुको मतले चुनाव जितेर नेतृत्वमा पुग्ने संकल्प छ ।

मेरो उम्मेदवारी स्वाभाविक पनि हो । अध्यक्षमा महिना कार्यकारी जिम्मेवारी सम्हालें । संस्थामा गर्नुपर्ने धेरै अधुरा कामहरु छन् । यसअघि सेलेक्सनबाट कार्यकाल बन्यो ।  तर, मलाई इलेक्सनबाट निर्वाचित हुन मन छ । एनआरएन निर्वाचनमुखी संस्था बन्दै गएको छ । निर्वाचन भएको एक वर्षसम्म बधाई खाने । , अर्को वर्षदेखि चुनावी रन्को । काम कहिले गर्ने  ? त्यसका खातिर पनि संस्थामा परिवर्तनको जरुरी छ । यो ठूलो जिम्मेवारी बोकेको संस्था हो । त्यसैले आफूलाई सक्षम अब्बल सम्झेर नै चुनाव लड्ने निर्णय गरेकी हुँ ।

निर्वाचनको बेला एनआरएनमा ठूलो राजनीतिक तरंग देखिन्छ । पहिलो कुरा एनआरएनमा दलीय समर्थन भन्ने कुरा नै हुँदैन। एनआरएनको पञ्जीकृत सदस्यदेखि केन्द्रीय अध्यक्षसम्म दुईचार जना नेताहरुलाई सबैले चिनेकै हुन्छन् । अब नेताहरुको दैलोमा पुग्दैमा दलीय समर्थन मिल्यो भन्न मिल्दैन । यही कारणले आज एनआरएन यो हालतमा आइपुगेको हो। यदि दलीय हिसाबले समर्थन गर्ने कुरा गर्नुहुन्छ भने कांग्रेसको सबैभन्दा नजिक नै छु । म रगतमा नै कांग्रेस भएको परिवारबाट प्रतिनिधित्व गर्छु । एकदुई जना नेताले भन्दैमा यसलाई समर्थन भन्ने हुँदैन । यदि पार्टीले कुनै निर्णय गरेको भने खै प्रमाण ? बाहिर ल्याउनुहोस् । मलाई देखाइदिनुहोस् ।

१०/१५ वटा संस्थाको नेतृत्व लिइसकेको अनुभव मसँग छ । तर, मैले संस्थाभित्र कहिल्यै राजनीति गरिनँ । एनआरएनमा पनि राजनीतीकरण हुन दिन्नँ । त्यसको लागि पनि मेरो उम्मेदवारी हो । कार्यकाल छोटो रह्यो भन्दै अघि बढ्न मलाई पनि नेताहरुको सुझाव छ । तर, मैले त्यसलाई सुझावको रुपमा मात्रै लिनुपर्दछ यो वा त्यो समर्थनको नाम दिंदै प्रचारबाजी गर्न आवश्यक छैन । त्यसले संस्थालाई ठूलो नोक्सान पुग्छ ।

करिब १३५० मत ल्याएर मैले चुनाव जित्छु । यति कुरोचाहिं म ठोकुवा गरेर भन्न सक्छु । बरु उहाँहरु सबै मिलेर एउटा टिम बनेर आउनुभयो भने मसँग कडा प्रतिस्पर्धा हुनेछ ।

महिला भएकै कारणले प्रतिस्पर्धीमा मलाई कमजोर जस्तो ठानिएको होला । तरत्यो भम्र हो मलाई कमजोर गलत देखाउने प्रचार मात्रै हो १०औं महाधिवेशनमा मलाई के भनिन्थ्यो ? मनोनयन दर्ता नै गर्दिनँ उम्मेदवार नै होइन । अध्यक्षमा उठ्दिनँ । प्रचारका लागि प्रचार गरियो । तर, अध्यक्षमा  मनोनयनदर्ता गराउने पहिलो व्यक्ति म नै थिएँ । दुर्भाग्यवश मैले उम्मेदवारी दिएकै कारण चुनाव नै गराउन सकेनन् । तपाईंहरुले त्यसरी बुझ्नुहोस् ।

अहिले पनि मलाई कमजोर देखाउने प्रयास भइरहेको छ । मेरो उम्मेदवारीमा शंका गरिएको छ । त्यसैले  यहाँ मार्फत गैरआवासीय नेपालीहरुलाई भन्न चाहान्छु भ्रममा नपर्नुहोस् । म  ११औं महाधिवेशनमा अध्यक्षको प्रमुख दाबेदार हुँ । उम्मेदवारी दिन्छु । मेरो उम्मेदवारी कुनै पनि हालत फिर्ता हुँदैन अघिल्लो अधिवेशनमा पनि उहाँहरुकै प्रतिस्पर्धी थिएँ । , अहिले पनि । डा. बद्री केसीजीको समूहमा रहनुभएका साथीहरु महेश श्रेष्ठजी, आरके शर्माजी अहिले तीनतिर हुनुहुन्छ । प्राविधिक रुपमा मलाई चुनाव जित्न झन् सजिलो भएन ? अहिले कुलजी पनि प्रतिस्पर्धामा हुनुहुन्न

सिङ्गो बद्री केसी टिमसँग हिजो प्रतिस्पर्धा गर्न उत्रिएकी थिएँ । आज झन् सजिलो भएको छ । त्यो समूह तीनतिर बाँडिएको छ । मेरो प्रतिस्पर्धा १०औं महाधिवेशनमा पनि ११औं महाधिवेशनमा पनि डा. बद्री केसीसँग नै हो । म उहाँलाई कडा टक्कर दिन्छु अन्य तीन जनालाई प्रतिस्पर्धी नै ठान्दिनँ । आफ्नै उपाध्यक्षहरुलाई पनि केको प्रतिस्पर्धी ठान्ने ? हैन उपाध्यक्ष हुँदा उहाँहरु सचिव, कोषाध्यक्ष हुनुहुन्थ्यो । अनलाइनबाट पनि होइन, ब्यालेटमा चुनाव जितेर उपाध्यक्ष बनेकी थिए । पहिले उहाँहरुले कम्तीमा त्यो लेवल बनाउनुपर्छ । त्यसपछि मात्रै प्रतिस्पर्धा हुन्छ ।

मैले प्राप्त गर्ने मतबारे यहाँले प्रश्न गर्नुभयो । तपाईंलाई यो पनि भनिदिन्छु । मेरो सबैभन्दा राम्रो मत आउँछ । यदि पाँच जनाकै उम्मेदवार कायम रह्यो भने एनआरएनए अध्यक्षमा म विजयी हुन्छु । करिब १३५० मत ल्याएर मैले चुनाव जित्छु । यति कुरोचाहिं म ठोकुवा गरेर भन्न सक्छु । बरु उहाँहरु सबै मिलेर एउटा टिम बनेर आउनुभयो भने मसँग कडा प्रतिस्पर्धा हुनेछ । उम्मेदवारी फिर्ता लिनुहुन्छ ? भनेर मलाई पटक-पटक प्रश्न गर्नुभन्दा उहाँहरुलाई यही प्रश्न सोध्नुपर्छ जस्तो लाग्छ । मलाई त यो प्रश्न स्वाभाविक हुन्छ जस्तो लाग्दैन ।

अर्को कुरा उहाँहरु तीन जना एकैठाउँमा हुँदा हिजो कुन दलको समर्थन थियो ? आज तीनतिर हुँदा कुनकुन दलको समर्थन ? पार्टीले त्यसरी निर्णय गर्छ भन्ने मलाई लाग्दैन । तर नेताहरुले मलाई पनि अघि बढ्न सुझाव दिएका छन् । त्यो आधारमा मैले मलाई दलीय समर्थन मिल्यो भन्न मिल्दैन ।

अहिले १६ जना उपाध्यक्षहरु हुनुहुन्छ । १२ जना सचिवहरु छन् । मैले राम्रोसँग चिन्दिनँ पनि । त्यो भीडबाट उम्मेदवारी घोषणा गर्नेको मूल्यांकन गर्ने कि ।   निर्वाचित उपाध्यक्ष पनि थिएँ । सर्वाधिक मत ल्याएकी थिएँ । अहिले संघको नेतृत्व पनि गरिरहेकी छु । अब भन्नुहोस् कसलाई बढी महत्व दिने ? उहाँहरुलाई उपाध्यक्षमा नै चुनाव लड्न सुझाव दिन्छु । त्यसैले फेरि पनि भन्छु मेरो प्रतिस्पर्धा उहाँहरुसँग होइन । र, छैन पनि

सबैभन्दा पहिले एनसीसीहरुमा चुनाव राम्रोसँग गराउनुपर्ने दायित्व थियो यसपटक विवादरहित ढंगले एनसीसीहरुको चुनाव सम्पन्न भएको त्यो आफैंमा ठूलो सफलता पनि हो । गत अधिवेशनमा एनसीसीहरुकै विवाद ठूलो थियो । तरत्यो अहिले छैनएनसीसीहरुको चुनाव नहुँदै आफ्नो उम्मेदवारी घोषणा गर्ने कुरा आएन त्यसैले अहिले आएर सही समयमा नै उम्मेदवारी घोषणा गरेकी हुँ

अमेरिका, क्यानाडा, जापान, कतारमा रहेका गैरआवासीय नेपालीहरुसँग छलफल सम्पन्न भयो अबको तयारी मेरो युरोपतिरको संसारभरका गैरआवासीयहरुसँग भलाकुसारी गर्न निकै सजिलो प्रविधिले गर्दा दैनिक रुपमा उहाँहरुसँग नै व्यस्त छु । म धेरै मिडियाबाजी गर्दिनँ । यसको मतबल यो होइन कि मेरो तयारी कमजोर छ । यत्ति बुझ्नुहोस् महाधिवेशन प्रतिनिधिहरुसँग धेरै नजिक छु । खासै भन्ने हो भने चुनावमा प्यानल बनाउन पाइँदैन । मेरो एजेन्डासँग मिल्ने साथीहरुसँग सहकार्य हुन्छ। तर, प्यानलको रुपमा आफैंले प्रचार गर्दै मेरो उपाध्यक्ष, मेरो महासचिव भन्न पाइँदैन । त्यो विधान विपरीत हो ।

अध्यक्ष भइसकेको मान्छे चुनावमा लज्जास्पद हार व्यहोर्नु परे के गर्नुहुन्छ ? भनेर जुन प्रश्न राख्नुभयो– पहिलो कुरा त्यस्तो सम्भावना मैले देख्दै देख्दिनँ। यदि मानौं त्यो भइहाल्यो भने सक्षम मान्छेलाई संस्थामा ल्याउन नसकेकोमा  एनआरएनहरुले पछुतो मान्नुपर्नेछ । संस्थाले पनि ठूलो घाटा व्यहोर्नुपर्नेछ । संस्थामा झन् राजनीतिक हस्तक्षेप बढ्ने छ । गुट बढ्ने छ । झन् भद्रगोल अवस्थामा पुग्नेछ । यो सबै जिम्मेवारी डेलिगेट्सले लिनुपर्नेछ । भद्रगोल देख्न चाहने डेलिगेट्सले मात्र त्यस्तो अवस्थाको परिकल्पना गर्नेछन् ।

तर, चुनावमा हारजित हुन्छ त्यो स्वाभाविक पनि हो मलाई दुवै चिजको महसुस  अनुभव छ । त्यसैले पनि चुनावसँग कहिल्यै डराउन्नँ । मेरो महिनाको कार्यकाल हेर्नुहोस् । काम गर्नेलाई रोज्ने कि ? भाषण वा गफ गर्नेलाई ? अब कसलाई रोज्ने ? त्यो सबै डेलिगेट्सको हातमा छ । कामलाई हेरेर गैरआवासीय नेपालीहरुले मलाई अध्यक्षमा विजयी गराउनुहुनेछ भन्नेमा ढुक्क छु ।

(एनआरएनएको ११औं महाधिवेशनका लागि अध्यक्षको प्रत्यासी एनआरएन अध्यक्ष रविना थापासँग अनलाइनखबरकर्मी वसन्त रानाभाटले टेलिफोनमा गरेको कुराकानी ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?