+
+

एमालेले कर्णालीमा आज अधिवेशन प्रतिनिधि छनोट गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३० गते १२:३२

३० भदौ, सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेश अधिवेशनका लागि आज प्रतिनिधि छनोट गर्ने भएको छ ।

आगामी असोज १० र ११ गते प्रदेश राजधानी वीरेन्द्रनगरमा हुने अधिवेशनका लागि शनिबार प्रदेशभर एकै दिन प्रतिनिधि छनोट गर्न लागिएको हो ।

प्रदेश अधिवेशनका लागि कर्णालीका १० जिल्लाबाट ५५४ र एमालेका जनवर्गीय सङ्गठनहरूबाट ५० जना गरी जम्मा ६०४ जना प्रतिनिधि छनोट भएर आउने एमाले प्रदेश कमिटीका प्रचार विभाग प्रमुख सूर्यमणि गौतमले जानकारी दिए ।

‘प्रतिनिधि छनोट हुँदा एक सय संगठित सदस्य बराबर एक जना प्रतिनिधि आउने मापदण्ड तय गरिएको छ । दलित सदस्यको हकमा ७५ जना बराबर एक जना प्रतिनिधि छनोट हुने छन्,’ गौतमले भने, ‘३३ प्रतिशत महिला अनिवार्य र १० प्रतिशत युवा प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।’

कर्णालीमा एमालेका ५१ हजार ९९८ जना सङ्गठित सदस्य रहेका छन् ।

प्रदेश कमिटीमा रहेको वर्तमान पदाधिकारीहरू पनि प्रतिनिधि बन्न पालिकामै जानुपर्ने व्यवस्था गरिएको छ ।

प्रदेशभरबाट खुल्ला महिलातर्फबाट १४३, पुरुषतर्फ २९७, दलित महिलातर्फबाट ३७ जना र दलित पुरुषबाट ७५ जना प्रतिनिधि छनोट हुनेछन् ।

पार्टीका २२ वटा जनवर्गीय सङ्गठनहरू मध्ये २१ वटा सङ्गठनलाई प्रतिनिधि चयनका लागि एमालेले निर्देशनसमेत दिइसकेको छ । ८ वटा जनवर्गीय सङ्गठनले तीन/तीन जना र १३ वटा सङ्गठनले दुई/दुई जना प्रतिनिधि चयन गर्न पाउने छन् ।

सबैभन्दा बढी प्रतिनिधि सुर्खेतबाट चयन हुनेछन् । १० हजार ५५८ जना पार्टी सदस्य रहेका सुर्खेतबाट ११२ जना प्रतिनिधि छनोट हुने गौतमले बताए ।

तीन हजार ५८८ पार्टी सदस्य रहेको सल्यानबाट ३८ जना प्रतिनिधि छनोट हुनेछन् । ६ हजार १०३ पार्टी सदस्य रहेको कालीकोटबाट ६५ जना, ६ हजार ६५३ सङ्गठित सदस्य रहेको दैलेखबाट ७५ जना र दुई हजार १७० सङ्गठित सदस्य रहेको रुकुमपश्चिबाट २३ जना प्रतिनिधि छनोट हुनेछन् ।

त्यस्तै तीन हजार ३१ जना सङ्गठित सदस्य रहेको मुगुबाट ३२ जना, चार हजार ६६५ जना सङ्गठित सदस्य रहेको हुम्लाबाट ४८ जना र ६ हजार ८०२ पार्टी सदस्य रहेको जाजरकोटबाट ७३ जना प्रतिनिधि चयन हुनेछन् ।

तीन हजार ८३६ जना सङ्गठित सदस्य रहेको डोल्पाबाट ३९ जना, चार हजार ५९२ जना सङ्गठित सदस्य संख्या रहेको जुम्लाबाट ४८ जना प्रतिनिधि चयन हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?