+
+

गुगल क्रोमका यी ५ गज्जबका ट्रिक, यसरी प्रयोग गर्नुहोस्

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३१ गते १२:३५

विश्वमा सबैभन्दा धेरै प्रयोग गरिने इन्टरनेट ब्राउजर हो गुगल क्रोम । एन्ड्रोइड स्मार्टफोनहरुमा यो ब्राउजर डिफल्ट रुपमै राखिएको हुन्छ ।

आफ्ना विभिन्न खास फिचरहरुका कारण पनि क्रोम प्रयोगकर्ताहरुबीच निकै लोकप्रिय छ र अन्य ब्राउजरलाई धेरै पछि छाड्न सफल भएको छ ।

गुगल क्रोमलाई सबैभन्दा फास्ट वेब ब्राउजरको रुपमा पनि चिनिन्छ । क्रोममा विभिन्न यस्ता लुकेका फिचरहरु छन्, जसका बारेमा धेरै प्रयोगकर्ताहरुलाई थाहा नै हुँदैन । धेरै प्रयोगकर्ताले थाहा नै नपाएका यस्तै पाँच वटा फिचर्सका बारेमा चर्चा गरौं ।

· इनकग्निटो मोडमा पासवर्ड राख्ने : यदि तपाईंले आफ्नो इन्टरनेट ब्राउजरको सर्च हिस्ट्री अरुबाट लुकाउन चाहनुहुन्छ भने गुगल क्रोमको इनकग्निटो मोड निकै उपयोगी हुन्छ । यदि तपाईं व्यक्तिगत तथा गोप्य काम इन्टरनेटमा गरिरहनुभएको छ भने त यो सर्वाधिक उत्तम विकल्प हो । यदि तपाईं इनकग्निटो मोडलाई अझै धेरै सुरक्षित बनाउन चाहनुहुन्छ भने तपाईंले यसमा फिंगर प्रिन्ट लक राख्न सक्नुहुन्छ । यो फिचरको प्रयोग गर्नका लागि तपाईंले आफ्नो गुगल क्रोममा chrome://flags/#incognito-reauthentication-for-android टाइप गी त्यसमा बायोमेट्रिक फिंगर प्रिन्ट सेट गर्न सक्नुहुन्छ ।

  • इनकग्निटो मोडको स्क्रिनशट लिने : गुगल क्रोममा ब्राउजिङ गर्दा जब तपाईं इनकग्निटो ट्याबमा काम गरिरहनु भएको हुन्छ तब तपाईंले उक्त वेब पेजको स्क्रिनशट लिन सक्नुहुन्न । त्यसरी स्क्रिनशट लिंदा कालो स्क्रिन मात्रै देखिन्छ । तर तपाईंले एउटा साधारण ट्रिक अपनाएर इनकग्निटो ट्याबको स्क्रिनशट लिन सक्नुहुन्छ । यसका लागि तपाईंले गुगल क्रोम खोलेर chrome://flags/#incognito-screenshot थिच्नुभयो भने जुन ट्याब खुल्नेछ त्यसको तपाईंले स्क्रिनशट लिन सक्नुहुन्छ ।
  • Parallel Downloads फिचर : कहिलेकाहीँ नेटवर्क राम्रो नहुँदा हामीले कुनै पनि फाइलहरु उच्च गतिमा डाउनलोड गर्न पाउँदैनौं । यस्तोमा तपाईंका लागि Parallel Downloads  फिचर निकै काम लाग्दछ । यो फिचरलाई सक्रिय पार्नका लागि गुगल क्रोम खोलेर chrome://flags/#enable-parallel-downloading टाइप गरी Enter थिच्नुपर्दछ ।
  • सबैमा लाइभ क्याप्सन : एन्ड्रोइड भर्सनमा तपाईंले Live Captions फिचर अवश्य पनि देख्नुभएको होला । यो फिचरको सहयोगले तपाईंले पूरै सिस्टमको भिडियोमा लाइभ क्याप्सन देख्न सक्नुहुनछ । यदि तपाईंसँग कुनै आइफोन तथा आइप्याड छ भने पनि यो फिचर निकै काम आउँछ । यो फिचरलाई सक्रिय बनाउनका लागि गुगल क्रोम खोलेर chrome://flags/#enable-accessibility-live-caption टाइप गरी Enter गर्नुहोस् ।
  • Smooth Scrolling : कहिलेकाहीँ गुगल क्रोममा इन्टरनेट ब्राउज गरिरहेको बेला हाम्रो फोन नै सुस्त हुने तथा ह्याङ हुने समस्या हामीले भोगका हुन्छौं । कहिलेकाहीँ त हामी उही पेजमा अडि्करहन्छौं । यदि तपाईं पनि यस्तै खालको समस्याको समाना गरिरहनु भएको छ भने कुनै व्यवधान बिनाको ब्राउजिङका लागि तपाइँले गुगल क्रोमको Smooth Scrolling फिचरको सहयोग लिन सक्नुहुुन्छ । त्यसका लागि क्रोममा chrome://flags/#smooth-scrolling टाइप गरी Enter थिचेर त्यसलाई सक्रिय बनाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?