+
+

भरतपुरमा भूपाल राईको एकल कविता वाचन

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३१ गते १२:२८

काठमाडौं । चितवनको भरतपुरमा कवि भूपाल राईको एकल कविता वाचन कार्यक्रम गरिएको छ । भरतपुर महानगरपालिकाको हलमा आयोजित कार्यक्रममा कवि राईले अघिल्लो वर्ष प्रकाशित आफ्नो ‘यारी’ कविता सङ्ग्रहमा संग्रहित एक दर्जन कविता सुनाए ।

‘सांस्कृतिक समता र सत्ताका लागि’ अभियानअन्तर्गत भरतपुरमा आएर एकल कविता वाचन कार्यक्रम गर्न पाउँदा खुसी लागेको कवि राईले बताए ।

कार्यक्रममा बोल्दै  नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले नेपालमा प्राज्ञिक क्षेत्रलाई उपेक्षा गरिएकाले सांस्कृतिक सत्ता र समानताका लागि आवाज उठाउनुपर्ने अवस्था आएको बताए । कवि राईको व्यक्तित्व र कृतित्वबारे चर्चा गर्दै कवि भूपिन खड्काले उहाँलाई पहिचानको आन्दोलनसँग जोडिएका विद्रोही चेतना भएका कवि भएको बताए ।

राईका सुम्निमाको तस्वीर कविता संग्रह–२०५३, दाजै कविता गाउँमै छ कविता सङ्ग्रह–२०५७, पहिलो हरफ शिरबन्दी गीत सङ्ग्रह–२०५९, किराती सौन्दर्यशास्त्रको अवधारणा सहलेखन–२०६६, सीमान्त सौन्दर्य कविता सङ्ग्रह–२०६७, भूमिगत प्रश्नहरु निबन्ध सङ्ग्रह–२०६९, आगोले जन्मोत्सव मनाउँदैन कविता सङ्ग्रह–२०७१, सेवान्ने जिन्दगी गीत सङ्ग्रह–२०७६ लगायतका कृति प्रकाशित छन् ।

राईको एकल कविता वाचन कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानको व्यवस्थापकीय सहयोगमा साहित्य संगम चितवनले गरेको हो । राई प्रज्ञा प्रतिष्ठानको कुलपतिका रूपमा नियुक्त भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?