+
+
तीनकुनेमा चार जनाको सामूहिक हत्या :

‘नवीनसँग रिसइबी, थाहा पाउने डरले अरुमाथि पनि आक्रमण’

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३१ गते १६:२४
घटनास्थल ।

३१ भदौ, काठमाडौं । तीनकुनेस्थित दिव्य सःमिलमा शुक्रबार राति भएको सामूहिक हत्यामा एक जना युवकको मात्र संलग्नता भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले आइतबार मात्र ती युवकलाई पक्राउ गरेको थियो । उनले चार जनाकै हत्या आफूले गरेको बयान दिएको प्रहरी स्रोतले बताएको छ ।

बयानअनुसार उनी मोरङ घर भएका १९ वर्षका नवीन राईको हत्या गर्न सःमिलमा पुगेका थिए । घटनाबारे थाहा पाउने भएपछि उनले अरुमाथि पनि अन्धाधुन्ध आक्रमण गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

आक्रमणमा परी ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्रा र आमा ७० वर्षकी सुमित्रा भुजेलको पनि मृत्यु भएको छ ।

घटनाबारे खबर गर्न २८ वर्षका दीपेन्द्र राई तीनकुनेस्थित प्रहरी वृत्त नयाँ बानेश्वर पुगेका थिए । कपडा र जुत्तामा रगत लागेको अवस्थामा पुगेका उनलाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको थियो ।

तर, सीसीटीभी फुटेजमा दीपेन्द्र ११ बजेर १३ मिनेटमा सःमिलमा प्रवेश गरेर ११ः३३ मा निस्किएको पाइएको छ । उनी प्रहरी कहाँ पुग्दा ११ः५५ बजेको थियो ।

यो घटना उनी पुग्नुभन्दा पहिला नै भएको प्रहरीको अनुसन्धानबाट देखिएको छ । त्यसअनुसार आइतबार अर्का एक युवक पक्राउ परे र उनले आफ्नो संलग्नता स्वीकार गरेका छन् ।

उनलाई म्याद थपका लागि अदालत लैजाने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?