+
+

सुदूरपश्चिमका वन निर्देशक भट्टको अडियो र भिडियोको फरेन्सिक जाँच गर्न सुुझाव

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३१ गते १६:५३

३१ भदौ, धनगढी । विवादमा परेका सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका तत्कालीन निमित्त निर्देशक कृष्ण भट्टको भनिएको अडियो र भिडियोमा सुुनिएको आवाजको परीक्षण गर्न सुझाव दिइएको छ ।

भट्टमाथि छानबिन गर्न प्रदेशसभाको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले सोधपुछका क्रममा भट्टले इन्कारी बयान दिएकाले अडियो र भिडियोमा सुनिएको आवाज उनको भए/नभएको परीक्षण गर्न सुझाव दिएको हो ।

उपसमितिकी सदस्य खेमादेवी बिष्टले भट्टको अडियोको फोरेन्सिक परीक्षण गर्न सुझावसहित सार्वजनिक लेखा समितिलाई छानबिन प्रतिवेदन बुझाएको जानकारी दिइन् ।

‘उहाँले अडियो र भिडियोमा सुुनिएको आवाज हाम्रो होइन भनेर हामी समक्ष इन्कारी बयान दिनुुभएको थियो । उहाँले भनेजस्तै त्यो आवाज उहाँको हो कि होइन भनेर परीक्षण गर्नुपर्ने सुझाव दिएका छौं,’ बिष्टले भनिन् ।

केहि समय अगाडि भट्टले उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी आफ्नो सरुवा गराउन लागिपरेको भन्दै तथानाम गालीगलौज गरेको अडियो सार्वजनिक भएको थियो भने लगत्तै सार्वजनिक भएको अर्को भिडियोमा भट्टले मातहतका डिभिजन वन कार्यालयबाट रकम लिएको बताएका थिए ।

वन निर्देशनालयका निमित्त निर्देशकले विभागीय मन्त्रीलाई अश्लील गाली गर्दै मातहतका कर्मचारीबाट पैसा लिएको बताएपछि प्रदेशसभाको सार्वजनिक लेखा समितिले छानबिन गर्न उपसमिति गठन गरेको थियो ।

प्रदेशसभा सदस्य मानबहादुुर धामीको संयोजकत्वमा गठित समितिले गरेको सोधपुछका क्रममा इन्कारी बयान दिएका भट्टलाई विभागीय कारबाही अन्तरगत मन्त्रालय तानिएको छ ।

मातहतका डिभिजन वन कार्यालयबाट रकम लिएको भन्ने भट्टको दाबी सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगर कार्यालयले पनि उनीमाथि छानबिन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?