+
+

नेपालले फिल्म ‘हल्कारा’लाई ओस्कार अवार्डमा पठाउने

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १ गते १४:३६

काठमाडौं । नेपाली फिल्म ‘हल्कारा’ले आगामी ओस्कार अवार्डमा मुलुकको प्रतिनिधित्व गर्ने भएको छ । नेपालस्थित ओस्कारको छनोट कमिटीले विक्रम सापकोटा निर्देशित फिल्मलाई अन्तर्राष्ट्रिय फिचर विधामा सिफारिस गर्ने निर्णय गरेको हो ।

उक्त विधाका लागि हल्कारासहित डाकिनी, बुलाकी, नीरफूल र बगानले आवेदन दिएका थिए । कमिटी अध्यक्ष राजु केसीका अनुसार छनोट भएको उक्त फिल्मलाई अक्टोबर १ सम्म अमेरिका पठाइने भएको छ ।

आइसफल फिल्म्सले निर्माण गरेको यो फिल्ममा महेश त्रिपाठी र विनिता थापा मगरको शीर्ष भूमिका छ । एक हुलाकी पात्रमार्फत निर्देशकले फिल्ममा वैदेशिक रोजगारीको सामाजिक आयामको कथा प्रस्तुत गरेका छन् । ९६ औं ओस्कार अवार्ड आगामी मार्च १० मा अमेरिकाको लस एन्जलसमा आयोजना हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?