+
+

नारायणी नदीमा डुबेर दाजु भाइको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १ गते १८:०६

१ असोज, चितवन । नारायणी नदीमा पौडी खेल्ने क्रममा डुवेर नवलपरासीको गैंडाकोटमा एकैघरका २ बालकको मृत्यु भएको छ ।

गैंडाकोट नगरपालिका वडा नं. ७ गैरी घर भएका सुमन कुमालका छोराहरु १४ वर्षका सविन कुमाल र ९ वर्षका संगम कुमालको डुवेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक हस्तबहादुर सुनारले बताए ।

उनका अनुसार दुई दाजुभाइ नदीमा पौडी खेल्ने क्रममा दिउँसो नदीमा डुबेका थिए ।

उनीहरुलाई  नदीबाट निकालेर अस्पताल पठाइएकोमा उनीहरुलाई अस्पतालले मृत घोषणा गरेको सुनारले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?