+
+

साफ यू-१९ च्याम्पियनसिपको तयारी पूरा, टिकट मूल्य १०० र ३००

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २ गते १३:३८

२ असोज, काठमाडौं । बिहीबारदेखि काठमाडौंको दशरथ रंगशालमा सुरु हुने साफ यू-१९ च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले मंगलबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिपको तयारी पूरा भएको जनाएको हो ।

एन्फा प्रवक्ता सुरेश शाहले च्याम्पियनसिपको तयारी पूरा भएको र सहभागी टिमहरु आउन क्रममा रहेको बताए । भुटान र बंगलादेशको टिम आइसकेको छ भने भारत र माल्दिभ्सको टोली आज मंगलबार आउनेछन् । पाकिस्तान भने भोलि बुधबार आइपुग्ने एन्फाले जनाएको छ ।

साउथ एसियन फुटबल फेडेरेसन (साफ) को कार्यक्रम अन्तर्गत हुने च्याम्पियनसिपमा नेपालसहित ६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।

आयोजक नेपाल, पाकिस्तान र माल्दिभ्स समूह ए छन् भने साविक विजेता भारत, साविक उपविजेता बंगलादेश र भुटान समूह बी मा छन् । दुवै समूहबाट शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् ।

गत वर्ष भारतको भुवनेश्वरमा भएको च्याम्पियनसिपमा पाकिस्तान र भुटान बाहेक ५ टिम सहभागी थिए र सिंगल राउण्ड रोविनको आधारमा प्रतिस्पर्धा भएको थियो ।

यस पटक पाकिस्तान र भुटान च्याम्पियनसिपमा सहभागी छन् भने श्रीलंका सहभागी छैन ।

च्याम्पियनसिपको यो पाँचौ संस्करण हो । सन् २०१५ मा नेपालबाटै सुरु भएको यस च्याम्पियनसिपमा नेपाल र भारतले समान दुई पटक उपाधि जितेका छन् ।

नेपालले तेस्रो पटक साफ यू-१९ च्याम्पियनसिप आयोजना गर्न लागेको हो । २०१९ मा भने नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।

जियारथ शेखको कप्तानीमा रहेको नेपाली टोलीले यस पटक घरेलु मैदान उपाधि जित्दै विगतको प्रदर्शनलाई दोहोर्‍याउने लक्ष्य राखेको छ ।

प्रतियोगिताका निर्देशक सञ्जिव मिश्रले प्रतियोगिताको सफल आयोजना गर्दै कम्तीमा फाइनलसँग पुग्ने लक्ष्य रहेको बताए ।

प्रतियोगिताको लागि भीआईपी प्यारापिटतर्फ ३०० र साधारण प्यारापिटतर्फ १०० टिकट मूल्य राखिएको छ ।

खेलहरु स्पोर्ट्जवर्कजको युट्युब च्यानलमा प्रत्यक्ष प्रशारण हुने छ ।

सहभागी टोलीको लागि नेपाली सेनाको भद्रकाली खेल मैदान र च्यासलस्थित च्यासल खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको छ ।

च्याम्पियनसिपको बजेट २ करोड ७७ लाख ३२ हजार ८०० रहेको एन्फाले जनाएको छ ।

च्याम्पियनसिपका लागि बजेट साफले प्रदान गर्ने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?