
नेपाली टिम । फाइल तस्वीर
२ असोज, काठमाडौं । एसियन गेम्स अन्तर्गत नेपालको पुरुष भलिबल टिम पहिलो खेलमा बहराइनसँग ३–१ सेटले पराजित भएको छ ।
पहिलो सेट जिते पनि त्यसपछि लगातार ३ सेट हारेपछि नेपालले पहिलो खेलमा नै हार बेहोरेको हो ।
पहिलो सेट २५–२० ले जितेको नेपाल त्यसपछि २०–२५, १८–२५ र १५–२५ ले पछि परेको हो ।
नेपालले दोस्रो खेल बुधबार इरानसँग खेल्नेछ । इरानसँगको खेल खेल पनि हारेमा नेपाल प्रतियोगिताबाट बाहिरिने छ ।
चीनको हाङझाउमा आउँदो शनिबार एसियन गेम्सको उदघाटन हुने भए पनि भलिबलसहितका केही समूहगत खेल भने त्यसअघि नै सुरु भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4