
२ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघ बालुवाटार समितिको आयोजनामा अन्तर बैंक फुटसल प्रतियोगिता बुधबारदेखि हुने भएको छ ।
संविधान दिवसको अवसर पारेर असोज ३ देखि ६ गतेसम्म प्रतियोगिता हुने आयोजक नेपाल राष्ट्र बैंक कर्मचारी संघ बालुवाटार समितिका अध्यक्ष प्रकाश पोख्रेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
काठमाडौंको धन्वन्तरी फुटसल हब, हाँडीगाउँमा हुने प्रतियोगितामा बैंक तथा वित्तीय संस्थाका ३७ पुरुष र २० वटा महिला टीम सहभागी हुनेछन् ।
‘सवल संस्थाका लागि स्वस्थ कर्मचारी, स्वस्थ कर्मचारीका लागि खेलकुद’ भन्ने मूल नाराका साथ हुन लागेको प्रतियोगिताको मुख्य प्रायोजन राष्ट्रिय वाणिज्य बैंक रहेको छ । सहप्रायोजकमा माछापुच्छ्रे , लक्ष्मी सनराइज, ग्लोबल आईएमई, एनआईसी एसिया, नबिल, प्रभु, हिमालयन, मुक्तिनाथ विकास बैंक र आईसीएफसी फाइनान्स लिमिटेट रहेका छन् ।
प्रतियोगिताका लागि ओम हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिले मेडिकल सपोर्ट उपलब्ध गराउने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4