+
+

फिल्म ‘ह्याप्पी डिभोर्स’बारे केकी र रीमा भन्छन्- डिभोर्स सहज बाटो होइन

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २ गते २०:३१

काठमाडौं । अभिनेता विमलेश अधिकारी अब फिल्म निर्देशक बन्ने भएका छन् । मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले फिल्मबारे विस्तृत जानकारी गराए । उनले निर्देशन तथा अभिनय गर्ने फिल्मको ‘ह्याप्पी डिभोर्स’ राखिएको छ । फिल्ममा उनीसहित केकी अधिकारी र रीमा विश्वकर्माको पनि मुख्य भूमिका रहने भएको छ ।

सन् २०२४ को जनवरीदेखि छायांकन सुरु हुने फिल्म सोही वर्षमा हुने भएको छ । केही कलाकार अनुबन्धित गर्न बाँकी नै रहेको अभिनेता अधिकारीले बताए ।

मंगलबार नै फिल्मको कथासार बुझाउने म्युजिकल प्रिभ्यु समेत सार्वजनिक गरिएको छ । प्रिभ्यूमा केकी, बिमलेश र रीमा देखिएका छन् । विशाल पोखरेलको संगीतमा तयार भएको शीर्ष गीतमा सुरेश लामा र ममता गुरुङको स्वर सुन्न सकिन्छ ।

निर्देशक अधिकारीको कन्सेप्टमा निर्माण हुने फिल्मले राम्रोसँग दाम्पत्य जीवन बाँचिरहेको जोडीको वर्तमान अवस्था र भविष्य राम्रो बनाउन उनीहरुले गर्ने निर्णयको कथावस्तु भन्छ । ‘लामो समयदेखि दिमागमा खेलिरहेको सुन्दर कथालाई दर्शकमाझ प्रस्तुत गर्न लागेको हुँ’ उनले भने ।

केकीले पनि समाजलाई डिभोर्स सहज बाटो हो भन्ने सन्देश फिल्मले दिन नखोजेको बताइन् । ‘हाम्रो समाजले अझै पनि डिभोर्सलाई सहज रुपमा स्विकार गरिसकेको छैन् । त्यसैले पनि समाजमा गलत सन्देश नपुगोस भन्ने कुरामा आफूहरु सजग रहेका छौं’ उनले भनिन् ।

रीमा विश्वकर्माले पनि फिल्मले डिभोर्स नै समस्याको समाधान नरहेपनि जीवनमा आइपर्ने अप्ठेरा पाटोलाई कुनै न कुनै रुपमा अगाडी बढ्न सिकाउने बताइन् । ‘एउटा मान्छेले कहिल्यै पनि करिअर र परिवारलाई एकसाथ अगाडी बढाउन खोज्दा करिअर र परिवारमा एउटा रोज्नु पर्ने परिस्थितिलाई फिल्मले नजिकबाट देखाउँछ’ उनले भनिन् ।

कुनै बेला म्यूजिक भिडियोमा रुचाइएका विमलेश पछिल्लो पटक २०७३ सालमा प्रदर्शनमा आएको सिनेमा ‘जंगबहादुरको कोट’मा देखिएका थिए । त्यसपछि अमेरिकालाई कर्मथलो बनाएका उनले ‘तुलसी’, ‘मुटु’, ‘ब्रेकफेल’, ‘मेरो बेष्ट फ्रेन्ड’, ‘को हुँ म ?’ लगायतका फिल्ममा पनि अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?