+
+

हात धुन पनि जान्नुपर्छ 

डा. प्रभात अधिकारी डा. प्रभात अधिकारी
२०८० असोज ३ गते १८:२३

एकपटक आँखा चिम्लेर सोच्नुहोस् त, हाम्रो हातले के–के काम गर्छ ? कम्प्युटर चलाउनेदेखि बारी खनजोत गर्नेसम्म गर्न यही हात प्रयोग गरिन्छ । यो हातले के पो गर्दैन ? कुचो लगाउँछ, बोट बिरुवा गोडमेल गर्छ, कपडा धुन्छ, कम्प्युटर चलाउँछ, गाडी कुदाउँछ, भारी उचाल्छ । अर्थात कुनैपनि काम गर्नका लागि हात अग्रसर हुन्छ । काम गर्न मात्र होइन, खानेकुरा खानका लागि पनि त्यही हातको काम आउँछ । अघि कुचो समाएको हातले अब भात खानुपर्ने हुन्छ । अघि किताबको पानाहरु पल्टाएको हातले अब रोटी खानुपर्ने हुन्छ । यसरी हरेक कुरामा प्रयोग हुने हातले कुनैपनि खानेकुरा खानुअघि राम्ररी सरसफाई गर्नु जरुरी छ ।

किनभने हाम्रो हातले दिनभरमा यति धेरै कुरा छोएको, चलाएको हुन्छ कि त्यहाँ हानिकारक व्याक्टेरियाहरु सजिलै आइपुग्छ । जब हामी खानाका माध्यामबाट त्यस्ता ब्याक्टेरिया खाइदिन्छौं, त्यसले पेटलाई संक्रमित बनाउन थाल्छ । कतिसम्म भने यस किसिमको संक्रमणले पेटमा परजीवी फैलाउनदेखि आन्द्रामा क्षति पु¥याउनेसम्म जोखिम हुन्छ । त्यसैले कुनैपनि खानेकुरा खानुअघि यसरी हात धुनुपर्छ, ताकि पेटमा कुनै संक्रमण नफैलियोस् ।

हात धुन पनि जान्नुपर्छ 

आम मानिसलाई हातको सरसफाइबारे ज्ञान नहुँदा सामाजिक रूपमा र अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले लापरबाही गर्दा स्वास्थ्य संस्थामार्फत विभिन्न संक्रामक रोग फैलिन सक्छ ।

कोभिड संक्रमणको बेला यसको जोखिमबाट बच्न मास्कको प्रयोग र हातको सरसफाइ निकै महत्त्वपूर्ण थियो । खाना र पानीको माध्यमबाट फैलिने संक्रमण पनि हातको माध्यमबाट नै शरीरमा प्रवेश गर्छ । त्यसैले हातको सरसफाइमा ध्यान दिनु जरुरी छ । हैजा, टाइफाइड, हेपाटाइटिस ‘ए’ र ‘ई’, जुका पर्ने, पेटको संक्रमण जस्ता रोग हातको माध्यमबाट सर्छ । त्यस्तै रुघाखोकी, इन्फ्लुएन्जा जस्ता संक्रमणबाट बच्न पनि हातको सरसफाइ जरुरी छ ।

हातबाटै शरीरमा प्रवेश गर्छ कति संक्रामक रोग

अहिले नेपालको सबैभन्दा ठूलो प्रकोप भनेको ‘एन्टीबायोटिक रेजिस्टेन ब्याक्टेरिया’को छ । कुनै व्यक्ति दुर्घटनामा परेर अस्पताल पुगे र भेन्टिलेटरमा राख्नुपर्‍यो भने दुर्घटनाको कारण भन्दा पनि ‘एन्टीबायोटिक रेजिस्टेन्ट कीटाणु’हरुले गरेर निमोनिया वा अन्य संक्रमण भएर मृत्यु हुन्छ ।

यस्तो एन्टीबायोटिक रेजिस्टेन्ट कीटाणु एउटा बिरामीबाट अर्को बिरामीमा फैलिने जोखिम एकदमै धेरै हुन्छ । यस्तो संक्रमण एउटा व्यक्तिबाट अर्को व्यक्तिमा फैलिन रोक्ने मुख्य उपाय भनेको हातको सरसफाइ नै हो ।

विभिन्न संक्रामक रोगबाट बच्न अस्पतालमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मी बिरामी र बिरामीको आफन्तले पनि हातको सरसफाइमा ध्यान दिनुपर्छ । अस्पतालमा हातको सरसफाइसँगै संक्रमण नियन्त्रण र आइसोलेसनको पोसिलो पनि पालना गर्नुपर्छ । अनि मात्र ‘एन्टीबायोटिक रेजिस्टेन ब्याक्टेरिया’को जोखिमबाट बच्न सकिन्छ ।

हातको सरसफाइ कसरी गर्ने ?

हातलाई सफा राख्ने सबैभन्दा राम्रो उपाय भनेको हातलाई साबुनपानीले मिचीमिची २० सेकेन्ड धुने हो । यदि साबुनपानीले हात धुन सम्भव छैन भने ६० प्रतिशत अल्कोहल प्रयोग भएको स्यानिटाइजरको प्रयोग पनि गर्न सकिन्छ ।

एउटै साबुनको प्रयोग धेरै जनाले गर्दा त्यसमार्फत पनि संक्रमण फैलिने जोखिम भएकोले अहिले लिक्विड साबुनहरू बजारमा उपलब्ध छन् । तर लिक्विड साबुन उपलब्ध छैन भने ठोस साबुनको प्रयोग गर्दा पनि विभिन्न संक्रमणबाट बचिन्छ । साबुनले हातमा भएको कीटाणुलाई नष्ट गर्ने भएकाले अर्को व्यक्तिमा सर्ने सम्भावना कम नै हुन्छ । त्यसैले ठोस वा झोल जस्तो साबुन उपलब्ध छ त्यसको प्रयोग गर्न सकिन्छ ।

कस्तो अवस्थामा हात अनिवार्य रूपमा धुनुपर्छ ?

खाना पकाउनुअघि, खानुअघि र खाएपछि हातलाई साबुनपानीले राम्ररी धुनु जरुरी छ । साथै बिरामी व्यक्ति वा घाइते व्यक्तिको उपचार गर्दै हुनुहुन्छ भने आँखा छुनुअघि, शौचालय प्रयोगपछि, हाच्छ्युँ आउँदा र खोकेपछि हातलाई राम्ररी साबुनपानीले धुनुपर्छ ।

हात धुने सही तरिका के हो ?

हातको सरसफाइ गरेर विभिन्न कीटाणु तथा संक्रमणको जोखिम कम गर्न विश्व स्वास्थ्य संगठनका अनुसार हात धुने सही तरीका :

-पानीले हात भिजाउने ।

-साबुनलाई हातमा राम्ररी रगडेर फिंज निकाल्ने ।

-त्यसपछि २० सेकेन्डसम्म हात धुने । हातको पछाडि, नाडी, औंलाहरू बीचमा, हत्केला र नङको भित्री भागमा पनि राम्ररी मिच्ने ।

-त्यसपछि दुवै हातलाई पानीले राम्ररी धुने ।

-अन्तिममा सफा तौलियाले हात पुछ्ने र सुकाउने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?