+
+

२ अर्ब लगानीमा झापाको विर्तामोडमा भाटभटेनीको नयाँ स्टोर 

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ४ गते १३:१२

४ असोज, काठमाडौं । भाटभटेनी सुपरमार्केटले आफ्नो नयाँ स्टोर सञ्चालनमा ल्याएको छ। झापाको विर्तामोडमा बिहीबार भाटभटेनी शुभारम्भ भएको हो ।

यसअघि भाटभटेनीले पच्चीसौँ स्टोर जनकपुरमा सञ्चालनमा ल्याएको थियो । ग्राहकको चाहना र मागअनुसार आफूहरू अघि बढेको भाभटेनीका अध्यक्ष मिनबहादुर गुरुङले बताए ।

विशम परिस्थितिमा पनि रोजगारी सिर्जना गर्न सफल भएको भन्दै भाटभटेनीले स्टोर सञ्चालन ऐतिहासिक भएको बताएको छ ।

करिब दुई अर्ब लगानी रहेको स्टोरमा पूर्वी क्षेत्रका ३५० जनालाई रोजगारी सिर्जना गरेको भाटभटेनीले जनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?