+
+

काठमाडौंका सबै सामुदायिक विद्यालय बन्द

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ४ गते १४:२३

४ असोज, काठमाडौं । काठमाडौं महानगरपालिका सबै सामुदायिक विद्यालय बन्द भएका छन् । विद्यालय शिक्षा विधेयककाे विरुद्धमा शिक्षकहरुले माइतीघर-नयाँबानेश्वर सडकमा  आन्दोलनका कारण विद्यालय बन्द भएको महानगरले जनाएको छ । बन्द भएको विद्यालयमा विद्यार्थी आए पनि फर्किनुपरेको थियो ।

विद्यालयको अनुगमन गर्न नगर प्रहरी आफैं खटिएको थियो । ‘हामी अनुगमन गर्न जाँदा सबै विद्यालय बन्द भेटिएका छौं, विद्यालय बन्द भएको टिप्पणी उठाएर महानगरपालिकाको शिक्षा विभागमा हामीले पठाउँछौं,’ नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले बताए ।

महानगरपालिकाको शिक्षा विभागले बन्द भएको विद्यालयका शिक्षकहरुको विषयमा प्रतिवदेन तयार गरेको आवश्यक कारबाहीको लागि कार्यपालिकामा पेश गर्ने तयारी गरेको छ ।

‘नगर प्रहरीहरु विद्यालय विद्यालयमा पुगिरहेका छन्, अनुगमन बेलुकासम्मै हुन्छ, त्यसपछि के गर्ने बारेमा निर्णय हुन्छ,’ महानगरका प्रवक्ता नविन मानन्धरले भने ।

काठमाडौं महानगरपालिकामा ८९ वटा सामुदायिक विद्यालयहरु रहेका छन् । काठमाडौं महानगरले विद्यालय अनुगमनको क्रममा विद्यालय बन्द भएको पाइएमा प्रधानाध्यापक तथा शिक्षकलाई कडा कारबाही गर्ने विहीबार चेतावनी दिएको थियो ।

तर काठमाडौं महानगरपालिकाका प्रधानाध्यापकहरुले संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै अर्को सूचना नभएसम्मका लागि महानगरभित्रका विद्यालयका शिक्षक तथा कर्मचारीलाई आन्दोलनमा सहभागी हुन आह्वान गरेको थियो । सोही आह्वान अनुसार आज काठमाडौंका शिक्षकहरु आन्दोलनमा गएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?