+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

विनोद चौधरीको प्रश्न : पुरानै ढर्राले पार्टी चल्दा नयाँ पुस्तालाई कसरी समेट्न सकिन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ७ गते १२:००

७ असोज, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं उद्योगपति विनोद चौधरीले नयाँ पुस्तालाई समेट्न पार्टीले रणनीति पनि नयाँ बनाउनुपर्ने बताएका छन् ।

केन्द्रीय समितिको बैठकमा चौधरीले अबको निर्वाचनमा २० लाख युवा थपिने बताउँदै पुरानो ढर्राले उनीहरुलाई समेट्न नसकिने बताए ।

‘अबको निर्वाचनमा २० लाख युवा मतदाता थपिँदैछन् । सर्वाेच्च अदालतको निर्देशन अनुसार विदेशमा रहेका नेपालीलाई पनि समेट्दा यो संख्या झण्डै ५० लाख हुन्छ,’ बैठकमा चौधरीले भने, ‘नयाँ सोच बोकेका, नयाँ दृष्टिकोण बोकेका, नेपाललाई एउटा विकसित राष्ट हेर्न खोजेका नेपालीलाई समेट्ने कांग्रेसको रणनीति के हो ? पुरानो पार्टीलाई पुरानै ढर्रामा चलाउँदा ति ५० लाखको नेतृत्व गर्न सक्छ कि सक्दैन ?’

पार्टीले आगामी १० वर्षको विकासको खाका सार्वजनिक गर्नुपर्ने उनले बताए । विकासको खाका कस्तो हुने विषयमा पार्टीले आधिकारिक दस्तावेज केन्द्रीय समितिबाट पारित आफूलाई जानकारी नभएको चौधरीले बताए ।

‘यो पार्टीले राजनीतिको कुरा मात्रै गर्छ कि विकासको पनि कुरा गर्छ ? देशबाहिर जान बाध्य भएका नेपालीलाई देशमै फर्काउने स्पष्ट रोडम्याप बनाउनुपर्छ,’ चौधरीले भने ।

केन्द्रीय समितिको अर्को बैठकमा छलफलको प्रमुख एजेण्डा अर्थतन्त्र हुनुपर्ने पार्टी नेतृत्वलाई सुझाव दिए । विकास निर्माण र उद्योगधन्दा ठप्प भएको उल्लेख गर्दै चौधरीले भने, ‘उद्यमीको मर्म हामीले बुझ्न नसक्ने र नेपाल बाहिर रहेका युवाहरुलाई पार्टीसँग जोड्न नसक्ने हो भने आगामी दिन झनै कठिन हुने देखिन्छ ।’

केहि गर्न खोज्ने, सक्षम अनुभवी व्यक्तिहरुलाई कन्फ्लिक्ट अफ इन्ट्रेष्टका नाममा पाखा लगाउने गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?