+
+

प्रधानमन्त्री प्रचण्डद्वारा माओको समाधिस्थलमा श्रद्धाञ्जलि

रासस रासस
२०८० असोज ८ गते १७:५०

८ असोज, बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज चीनको राजधानी बेइजिङस्थित तियानमेन स्क्वायरमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका नेता स्वर्गीय माओत्सेतुङको समाधिस्थलमा पुष्पाहार अर्पण गरी श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

हाल चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले आफ्ना चिनियाँ समकक्षीसँगको वार्तापछि तियानमेन स्क्वायर पुगेका थिए ।

प्रधानमन्त्री प्रचण्ड त्यहाँ पुग्दा चिनियाँ उच्च अधिकारीहरूले उनको स्वागत गरेका थिए ।

 

 

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?