+
+

काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ९ गते ९:०२

९ असोज, दाङ । दाङमा बस दुर्घटनामा परी १५ जना घाइते भएका छन् ।

काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश-०२-००१ ख- ०३६२ नम्बरको यात्रुबाहक बस पूर्वपश्चिम राजमार्गको लमही-९ अमिलियामा मंगलबार बिहान करिब साढे ६ बजेतिर दुर्घटना भएको हो ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी जनकबहादुर मल्लले जानकारी दिए ।

अन्य पाँच जनाको अवस्था मध्यम रहेको छ भने केही सामान्य घाइते भएका छन् । बाँकी यात्रु सकुशल रहेको प्रवक्ता मल्लले बताए  । बसमा करिब ३०/३५ जना सवार रहेको सवार थिए ।

दुर्घटनापछि चालक फरार रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?