+
+

मिस वर्ल्डको ‘ब्युटी विथ पर्पस’ परियोजनामा रोटरी क्लब काष्टमण्डपले सघाउने

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ९ गते ११:५१

काठमाडौं । सामाजिक संस्था रोटरी क्लब अफ काष्टमण्डपले विश्व सुन्दरी प्रतियोगिताको महत्वपूर्ण विधा ‘ब्युटी विथ पर्पस’ परियोजनाको लागि सहयोग गर्ने भएको छ । मिस नेपाल आयोजक द हिडन ट्रेजर र संस्थाबीच आइतबार यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

यी दुई संस्थाले नारी सशक्तीकरण, सामाजिक परियोजनाका लागि सहकार्य लगायतका क्षेत्रमा काम गर्नेबारे एमओयू साइन भएको हो । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको उपस्थितिमा हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकार र रोटरीका अध्यक्ष ओमराज भण्डारीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

उक्त अवसरमा मिस नेपाल वर्ल्ड २०२३ सृच्छा प्रधानलाई रोटरी क्लब अफ काष्टमण्डपको मानार्थ सदस्यता प्रदान गरिएको थियो । द हिडन ट्रेजर यतिबेला आगामी मिस वर्ल्डको तयारीमा जुटेको छ । डिसेम्बरमा दिल्लीमा हुने फिनालेमा मिस नेपाल वर्ल्ड २०२२ प्रियंकारानी जोशीले भाग लिंदैछिन् ।

प्रियंकाले चितवनको इच्छाकामना गाउँपालिकास्थित अपर दाङगढीमा यसपटकको ब्युटी विथ पर्पसको परियोजनामा काम गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?