+
+

माओवादीको सरकार हुँदा पनि चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही नभएको भन्दै पार्टी परित्याग

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ९ गते १६:४५

९ असोज, काठमाडौं । आफ्नै पार्टीको सरकार हुँदा पनि स्वाथ्यकर्मीमाथि हातपात भएका घटनामा कारबाही नभएको भन्दै माओवादी केन्द्र निकट स्वास्थ्यकर्मी संगठनका केन्द्रीय सदस्य डाक्टर दीपकप्रसाद कोइरालाले राजीनामा दिएका छन् ।

नेपाल प्रगतिशील चिकित्सक संघका केन्द्रीय सदस्य रहेका कोइरालाले गैरजमानती हिरासतको कडा कानुन नबनेसम्म पार्टी र स्वास्थ्य विभागको सदस्य नरहने भन्दै पदबाट राजीनामा दिएका हुन् ।

‘जबसम्म गैरजमानती हिरासतको कडा कानुन बन्दैन तबसम्म म यस पार्टीको साधारण सदस्य समेत नरहने गरी स्वास्थ्य विभाग वा अन्य कुनै पार्टीको निकायमा नरहेको जानकारी दिँदै आजको मितिदेखि राजीनामा दिएको छु’, डाक्टर कोइरालाले राजीनामा पत्रमा उल्लेख गरेका छन्, ‘आफ्नै पार्टीको प्रधानमन्त्री र गृहमन्त्री हुँदा उपचार गर्ने चिकित्सकले पिटाइ खानु दिनचर्या भएको, प्रहरीले उल्टो गुण्डागर्दी गर्नेलाई जोगाएर डाक्टामाथि लाठी चार्ज गर्नु र कानुनी राज्यको उपहास हुनु सह्य भएन ।’

पोखराको मणिपाल घटनाका सन्दर्भमा बिना आरोप नेपाल प्रगतीशील चिकित्सक संघका गण्डकी प्रदेश अध्यक्षलाई एक दिन हिरासतमा राख्नु झनै लज्जास्पद भएको उनले बताएका छन् ।

डाक्टर कोइरालाले यस्तो अवस्थामा पार्टीमा रहनु आत्मगलानी महसुस् भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?