+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

धेरै पर्खिन सक्ने अवस्था छैन, दबाबमूलक कामको अगुवाइ गर्छौं : ओली

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ९ गते १७:३५

९ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्त्र सुधारका लागि धेरै पर्खिन सक्ने अवस्था नरहेको बताएका छन् । अर्थतन्त्र सुधारका लागि आवश्यक कदम चाल्न सरकारलाई दबाब दिनुपरे एमालेले अगुवाइ गर्ने समेत उनले बताए ।

एमालेको उद्योगी तथा व्यवसायी महासंघले मंगलबार गरेको कार्यक्रममा ओलीले अर्थतन्त्रको सुधार सामान्य उपचारले नहुने बताए । उनले भने, सिटामोल खाएर काम लाग्ने वाला छैन । यो रोग हट्दैन, एक दिनको ज्वरो पनि हट्ने अवस्था छैन ।’

यसो भन्दा एमालेलाई सरकारमा जान हतार भएछ कि क्या हो भन्ने अर्थ लाग्न सक्ने भन्दै ओलीले स्पष्टीकरण दिए, ‘हामीलाई हतार छैन । हामी मिसन ०८४ मा लागेका छौं ।’

उनले अगाडि भने, ‘तर हामी के देखिरहेका छौं भने ०८४ को चुनावसम्म पुग्दा देशमा कुनै उद्योग रहन्छ वा रहँदैन ? शेयर बजार रहन्छन् कि रहन्न अवस्था त्यस्तो भएको छ ।’

सरकारमा बस्नेहरुलाई अर्थतन्त्र सुधारबारे सोच्ने छलफल गर्ने समय नभएको ओलीले बताए । ‘अहिलेको अवस्थामा सरकार कसरी टिकाउने यसमै ध्यान छ’ एमाले अध्यक्ष ओलीले भने, ‘कुनै कदम चाल्ने, छलफल गर्ने फुर्सद समेत छैन ।’

यस्तै अवस्थाबाट अब देश अगाडि बढ्न नसक्ने भन्दै उनले दबाबमूलक काम गर्नुपरे एमालेले अगुवाइ गर्ने बताए । ‘अर्थतन्त्रलाई सुधार गरेर छोड्न प्रतिवद्ध छौं’ सरकारसँग राष्ट्र बैंकका अधिकारीहरुसँग समेत एमालेले छलफल गर्ने भन्दै उनले भने, ‘अब ढिलो गर्ने समय छैन । धेरै पर्खिन सक्ने अवस्था छैन ।’

केही निर्णयहरु गर्नुपर्ने बेला आएको भन्दै उनले चलायमान नभएको ठाउँमा पैसा थुप्रिएको छ भने त्यसलाई निकालेर चलाउने लगायतका निर्णय गर्नेुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?