+
+
१९ औं एसियन गेम्स :

जुडो मिक्स टिममा पनि नेपालको पदक सम्भावना समाप्त

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० असोज १० गते १३:२४

१० असोज, हान्झाउ । १९औं एसियाड अन्तर्गत जुडोको मिक्स टिम इभेन्टमा पनि नेपाल पराजित भएको छ । जिओसान लिन्पु जिम्नयासियममा बुधबार भएको मिक्स टिम क्वार्टरफाइनलमा नेपाल जापानसँग ४-० ले पराजित भएको छ ।

टिम इभेन्टमा प्रतिस्पर्धा गरेका नेपालका जंगबहादुर सारु जापानका गोकी ताजिमासँग पराजित भए । यस्तै आकृति जोशी रुरी ताकाहासीसँग, रन्जेश गोले ह्योगा ओतासँग र मनिता प्रधान श्रेष्ठ मोमो तामाओकीसँग सहजै पराजित भए ।

यस्तै मिक्स टिमको पराजित टिमहरुबीच हुने रिपेच फाइनल कन्टेस्टमा पनि नेपाल कजाखस्तानसँग ४-० ले नै पराजित भयो ।

टिम इभेन्टमा हारपछि १९औं एसियाडमा नेपालको जुडोको चुनौती समाप्त भएको छ । यसअघि व्यक्तिगत स्पर्धामा नेपालबाट ८ खेलाडी नै पराजित हुँदै बाहिरिसकेका छन् ।

जुडोमा नेपालबाट ४ महिला र ४ पुरुष गरी कूल ८ खेलाडी सहभागि भएका थिए । तर कुनै पनि खेलाडी क्वार्टरफाइनलसम्म पुग्न सकेनन् । नेपाली खेलाडीको यात्रा अन्तिम १६ मै समाप्त भयो ।

८ मध्ये पुरुषतर्फ प्रतिस्पर्धा गरेका विकास विकले जम्मा एक खेल जित्नु बाहेक अन्य सातै खेलाडी पहिलो चरणमा पराजित भए ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?