+
+

मणिपालको कमाण्ड सम्हाल्ने जोशी प्रहरी हेडक्वार्टर तानिए

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १० गते १६:४४

१० असोज, पोखरा । मणिपाल शिक्षण अस्पतालमा विरामीको मृत्युपछिको तनाब व्यवस्थापनमा खटिएका बैदाम प्रहरी प्रमुख डीएसपी वेद जोशी प्रहरी प्रधान कार्यालयमा तानिएका छन् ।

मणिपालमा लमजुङकी ५७ वर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएपछि सोमबारदेखि तनाव भएको थियो । सोही क्रममा मृतकका आफन्त र स्थानीयबासिन्दाका साथै प्रहरीबाटै डाक्टरमाथि आक्रामण भएको थियो ।

मृतकका आफन्त र चिकित्सकबीच तनावपूर्ण अवस्था भइरहेको बेलामा सुरक्षामा खटिएका प्रहरी निरीक्षक मदन श्रेष्ठले ‘डाक्टरलाई साप चुटेर आएँ’ भन्दै आक्रोसित भीडलाई उक्साएका थिए ।

डाक्टर कुटेँ भन्ने प्रहरी निरीक्षक श्रेष्ठ निलम्वनमा परेको र कमाण्ड सम्हालेका जोशी हेडक्वाटर तानिएको प्रदेश प्रहरी प्रमुख वुद्धिबहादुर गुरुङले जानकारी दिए ।

‘मणिपाल प्रकरणमै कमाण्ड सम्हालेका जोशीलाई हेडक्वाटर तानिएको हो भने श्रेष्ठलाई निलम्वन गरेर अनुसन्धान अगाडि बढाइएको हो,’ गुरुङले अनलाइनखबरसँग भने ।

मणिपाल अस्पताल वडा प्रहरी कार्यालय बैदानको कार्यक्षेत्र भित्र नपर्ने भए पनि थप सहयोगका लागि जोशीलाई सुरक्षाको नेतृत्व दिएर पठाइएको थियो ।

जोशीले आफ्नो कार्यक्षेत्र नपर्दा पनि आफूले निभाउनुपर्ने दायित्व भने निभाएको र आदेशको पालना पनि गरेको बताए । गत फागुनमा जोशी बैदाम प्रहरी प्रमुख आएका थिए । यसअघि जोशी जिल्ला तानिएको भनिए पनि उनी काजमा हेडक्वाटर नै तानिएको गुरुङले पुष्टि गरे ।

मणिपाल प्रकरणमा अहिले पनि चिकित्सक र मृतकका आफन्तबीच तनाब कायमै छ ।

चिकित्सकले आक्रमणको विरोधमा आकस्मिकबाहेकको सेवा ठप्प पारेर प्रदर्शन गर्दै कारबाहीको माग गरिरहेका छन् भने मृतकका आफन्तले भने डाक्टरको लापरबाहीले मृत्यु भएको भनिरहेका छन् । उनीहरुले आक्रमणको आरोपमा पक्राउ परेका विनय गुरुङको रिहाइ र डाक्टरमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरिरहेका छन् ।

पक्राउ परेका गुरुङलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐनअनुसार जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान अगाडि बढिसकेको छ । ३ दिनदेखि पटक पटक वार्ता भइरहेको भए पनि निष्कर्षविहीन बनिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?