+
+
Shares

अभियन्ता ईःले आन्दोलन स्थगित गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १० गते २०:४८

१० असोज, काठमाडौं । साना सडक व्यवसायीलाई विकल्पविना विस्थापित गरिएको भन्दै अभियन्ता ईः ले मेयरको कार्यालय अगाडि उभिएर गरेको प्रदर्शन स्थगित हुने भएको छ ।

बुधबार राति ९ बजे राष्ट्रियसभा गृहबाहिर पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिइने ईः ले बताए ।

प्रदर्शन स्थगनको घोषणा अघि ईः पक्षका केही अभियन्ता र काठमाडौं महानगरपालिकाका केही अधिकारीहरुबीच छलफल समेत चलिरहेको स्रोतले अनलाइनखबरलाई बतायो ।

काठमाडौंका मेयर बालेन शाहले बुधबार दिउँसो लामो स्ट्याटस लेख्दै अभियन्ता ईःका मागहरु पूरा गर्ने अधिकार आफूसँग नभएको बताएका थिए ।

मंगलबार दुवै पक्षका प्रतिनिधिबीच भएको वार्ता सहमति नजिक पुगेर पनि भाँडिएको थियो ।

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?