+

मुटु र मिर्गौलाबीच कस्तो सम्बन्ध हुन्छ ?

२०८० असोज  ११ गते १४:३७ २०८० असोज ११ गते १४:३७
मुटु र मिर्गौलाबीच कस्तो सम्बन्ध हुन्छ ?

मुटु र मिर्गौला शरीरका दुई महत्वपूर्ण अंग हुन् । तिनीहरूले स्वस्थ राख्न सँगै काम गर्छन् । जब एउटा प्रभावित हुन्छ, अर्को पनि हुन्छ । अर्को शब्दमा मुटुले मिर्गौलाको स्वास्थ्यलाई असर गर्न सक्छ ।

मुटुले के गर्छ ?

मुटु एक मांसपेशी हो, जसले अक्सिजनले भरिएको रगतलाई शरीरका सबै भागमा पम्प गर्छ । यसले शरीरभित्रको हरेक कोष, अंग र प्रणालीलाई जीवित राख्छ । शरीरको प्रत्येक भागमा रगत सञ्चार गर्न मुटु रक्तनलीहरूमा निर्भर हुन्छ । मुटु, रगत र रक्तनलीहरू मिलेर हृदय प्रणाली भनिन्छ । यसलाई वितरण प्रणालीको रूपमा लिन सकिन्छ ।

हृदयबाट रगतलाई शरीरभरि अक्सिजन र पोषक तत्व लैजान्छ र फोहोर उत्पादन पनि उठाउँछ ।

मिर्गौलाले के गर्छ ?

मिर्गौला दुई सिमी आकाराका अंग हुन् । मुट्ठीको आकारमा हुने मिर्गौला करङको अलि तल र मेरुदण्डको बायाँ र दायाँ अवस्थित हुन्छन् । मिर्गौला शक्तिशाली रासायनिक कारखाना हुन् । मिर्गौलाले शरीरका विकार पदार्थ र अतिरिक्त पानी बाहिर निकाल्ने, रक्तचाप नियन्त्रण गर्न मद्दत गर्ने, हड्डी स्वस्थ र बलियो राख्न मद्दत गर्छ ।

यसैगरी रातो रक्तकोषिका बनाउन मद्दत गर्ने, रगतमा खनिजहरूको सन्तुलन राख्ने काममा पनि मिर्गौलाले सहयोग गर्छ ।

मिर्गौला र मुटुले कसरी काम गर्छ ?

मुटुले अक्सिजनले भरिएको रगतलाई मिर्गौलालगायत शरीरका सबै भागमा पम्प गर्छ । मिर्गौलाले रगत सफा गर्छ, फोहोर उत्पादन र अतिरिक्त पानी हटाउँछ । मिर्गौला बिना रगतमा धेरै विकार पदार्थ र पानी हुनेछ । मुटु बिना मिर्गौलाले धेरै महत्त्वपूर्ण काम गर्न आवश्यक अक्सिजन भरिएको रगत पाउँदैन । मिर्गौलाको मद्दत बिना मुटुले धेरै काम गर्न सक्दैन ।

मुटुरोग र मिर्गौलारोगबीच सम्बन्ध

मिर्गौलारोग र हृदयरोगबीचको स्पष्ट सम्बन्ध बुझ्न आवश्यक छ । यो जान्न महत्त्वपूर्ण छ कि मिर्गौलारोगले हृदयरोगको सम्भावना देखाउँछ । हृदयरोग भएमा मिर्गौलामा पनि समस्या निम्त्याउन सक्छ ।

मुटु र मिर्गौला कसरी स्वस्थ राख्ने ?

मिर्गौला र मुटुको स्वास्थ्यलाई ठीक राख्न आफ्नो आहार र जीवनशैलीमा विशेष ध्यान दिनुपर्छ ।

-नियमित शारीरिक गतिविधि

-मोटोपन भए वजन कम गर्ने

-बोसोयुक्त खानेकुरा सकेसम्म कम खाने

-रक्तचाप, सुगर र कोलेस्टेरोल सन्तुलनमा राख्ने

-धुम्रपान नगर्ने

-तनाव धेरै नलिने

तसर्थ, हृदय र मिर्गौला एकअर्कामा निर्भर अंग हुन्, एकले अर्कोको स्वास्थ्य स्थिति सबल राख्न एकदम अहम् भूमिका खेल्छन् । स्वस्थ मुटु बिना मिर्गौला कहिले पनि स्वस्थ हुन सक्दैन भने जस्तै मुटुलाई अस्वस्थ हुन नदिन स्वस्थ मिर्गौला पनि अति आवश्यक हुन्छ ।

(डा. साह मूत्ररोग विशेषज्ञ हुन् । उनी वीरगञ्जस्थित नेपाल मेडिसिटी अस्पतालमा कार्यरत छन् ।)

डा. अनिलपुकार साह मिर्गौला मुटु
लेखक
डा. अनिलपुकार साह
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

ल्याबमा परीक्षण गर्न जाँदै हुनुहुन्छ ? ठगिनबाट बच्न ध्यान दिनुपर्ने ९ कुरा

ल्याबमा परीक्षण गर्न जाँदै हुनुहुन्छ ? ठगिनबाट बच्न ध्यान दिनुपर्ने ९ कुरा

हाम्रो आन्द्रा सफा र स्वस्थ राख्न के-के गर्ने ?

हाम्रो आन्द्रा सफा र स्वस्थ राख्न के-के गर्ने ?

चिसोबाट बच्न पूरै मुख छोपेर सुत्दा हुनसक्छ स्वास्थ्यमा यस्तो असर

चिसोबाट बच्न पूरै मुख छोपेर सुत्दा हुनसक्छ स्वास्थ्यमा यस्तो असर

अतिरिक्त स्वास्थ्य सचिव डा. मिश्राको राजीनामाबारे बेखबर स्वास्थ्य मन्त्रालय

अतिरिक्त स्वास्थ्य सचिव डा. मिश्राको राजीनामाबारे बेखबर स्वास्थ्य मन्त्रालय

भारतीय राजदूत श्रीवास्तव आईसीयूमा, मुटुको देब्रे नशामा ‘हर्टअट्याक’

भारतीय राजदूत श्रीवास्तव आईसीयूमा, मुटुको देब्रे नशामा ‘हर्टअट्याक’

सूर्य नमस्कार : योग अभ्यासको ‘कम्प्लिट क्याप्सुल’

सूर्य नमस्कार : योग अभ्यासको ‘कम्प्लिट क्याप्सुल’