+
+

एमालेको बाग्मती अधिवेशन : अध्यक्षका उम्मेदवार पाण्डेको उम्मेदवारी फिर्ता

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ११ गते १५:०३

११ असोज, काठमाडौं । नेकपा एमाले बागमती प्रदेश अध्यक्ष केशव पाण्डेले उम्मेदवारी फिर्ता लिएका छन् । सर्वसम्मतको प्रयास गर्न भन्दै उनले अध्यक्षको उम्मेदवारी फिर्ता लिएको बताएका छन् । तर अरु आकांक्षी टसमस भएका छैनन् ।

अध्यक्षका लागि वर्तमान अध्यक्ष पाण्डेसहित पूर्वसांसद कृष्ण दहाल, पूर्व प्रदेशमन्त्री कैलाश ढुंगेल, पूर्व प्रदेश सभामुख सानुकुमार श्रेष्ठ र केशरबहादुर बुढाथोकीले उम्मेदवारी दर्ता गरेका थिए । तर उम्मेदवारीको सूची प्रकाशित गर्दा पाण्डेको नाम हटेको छ । सर्वसम्मतिको प्रयासमा आफूले आफ्नो उम्मेदवारी दर्ता नै नगरिदिन आग्रह गरेको पाण्डेले बताए ।

आफ्नो कार्यकाल छोटो भएको भन्दै पाण्डेले आफूलाई सर्वसम्मत अध्यक्ष छाड्न आग्रह गर्दै आएका थिए । तर गोकुल बास्कोटा लगायतका नेताहरुको समर्थनमा कृष्ण दाहाल र महेश बस्नेत लगायतले ढुंगेललाई साथ दिएपछि सर्वसम्मत हुन सकेन । बुधबार साँझ पाँच जनाको उम्मेदवारी पर्‍यो ।

त्यसपछि पनि सर्वसम्मतिको प्रयास गरेको भन्दै निवर्तमान अध्यक्ष पाण्डे भन्छन्, ‘वर्तमान अध्यक्षका हैसियतले सर्वसम्मति बनाउने काममा लाग्छु र त्यसको सुरुवात आफैंबाट गर्छु भनेर मेरो उम्मेदवारी दर्ता नगर्न आग्रह गरेको हुँ ।’

आफूले उम्मेदवारी फिर्ता लिएपछि पनि अहिलेसम्म सहमति नजुटेको भए पनि प्रयास भइरहेको उनले बताए । नेता पाण्डेले भने, ‘अझै एकाध घन्टा प्रयास गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?