+
+

एमालेको मधेश प्रदेश अधिवेशनको नारा र लोगो सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ११ गते १६:३८

११ असोज, जनकपुरधाम । नेकपा एमालेको आगामी असोज २४ र २५ गते हुने मधेश प्रदेशको प्रथम अधिवेशनको नारा र लोगो सार्वजनिक गरिएको छ ।

एमाले जनकपुरधाममा आज पत्रकार सम्मेलन गरि नारा र लोगो सार्वजनिक गरेको हो ।

एमालेका मधेश प्रदेश अध्यक्ष रामअवतार यादवको अध्यक्षचामा पार्टी सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई, पोलिटब्युरो सदस्यद्वय लिलानाथ श्रेष्ठ र जुली महतोले संयुक्त रुपमा नारा र लोगो सार्वजनिक गरेका हुन् ।

एमाले अधिवेशनको नारा ‘सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेशको स्वाभिमान र समृद्धिको लागि एमाले सरकार’ राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?