+
+

स्थानीयले नकिनेको सेयर थपेर २३ असोजदेखि आईपीओ निष्कासन गर्दै चिरख्वा हाइड्रोपावर

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १२ गते १३:११

१२ असोज, काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयले नकिनेको सेयर समेत थप गरेर सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले २३ असोजदेखि आईपीओ निष्कासन गर्ने भएको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरी सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा जारी पूँजी ४० करोडको ३० प्रतिशतले हुने १२ करोड बराबरको १२ लाख कित्ता साधारण सेयर निष्कासन गर्न स्वीकृति पाएको थियो ।

जसमध्ये कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई जारी पूँजीको १० प्रतिशतले हुने ४ लाख कित्ता सेयर छुट्याएको थियो ।

यस्तै सर्वसाधारसण्लाई जारी पूँजीको २० प्रतिशतले हुने ८ करोड बराबरको ८ लाख कित्ता सेयर छुट्याएकोमा त्यसको १० प्रतिशतले हुने ८० हजार कित्ता धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार वैदेशिक रोजगारम्ीा रहेका नेपालीलाई निष्कासन गरी बाँडफाँट गरीसकेको छ । यस्तै कम्पनीले १६ हजार कित्ता सेयर कर्मचारीलाई र ४० हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरी सर्वसाधारणका लागि ६ लाख ६४ हजार कित्ता सेयर बाँकी रहेको थियो ।

तर कम्पनीले आयोजना प्रभावितलाई निष्कासन गरेको ४ लाख कित्ता मध्ये २ लाख ४ हजार ७०० कित्ता मात्रै बिक्री भएको र १ लाख ९५ हजार ३०० कित्ता सेयर बाँकी रहेको थियो ।

सर्वसाधारणलाई उक्त सेयर समेत थप गरी ८ लाख ५९ हजार ३०० कित्ता निष्कासन गर्ने भएको हो ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता देखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओमा २६ गतेसमम आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा आवेदन दिने म्याद ३ कात्तिकसम्म थप हुनेछ । आईपीओ निष्कासनका लागि कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्भेन्ट बैंकिङ रहेको छ ।

कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले ‘इक्रा एनपी इस्यूअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले प्रबर्धन गरिरहेको ४.७ मेगावाटको माथिल्लो चिरख्वा जलविद्युत आयोजनाको कुल अनुमानित लागत ९९ करोड ८० लाख रुपैयाँ रहेको छ । आयोजनाको प्रतिमेगावाट लागत २१ करोड २३ लाख ४० हजार ४२६ रुपैयाँ रहेको छ।

कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सदस्य बैंक तथा वित्तीय र सीडीएस एण्ड क्लियरिङ लिमिटेडको सफ्टवेयर ‘मेरो सेयर’ मार्फत आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?