+
+

सिन्धुपाल्चोकमा अन्तर्राष्ट्रिय ट्रेल रेस प्रतियोगिता (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १२ गते १६:४०

काठमाडौं । आफ्नो गाउँ-ठाउँलाई चिनाउने उद्देश्यले सिन्धुपाल्चोकमा ट्रेल रेस प्रतियोगिता आयोजना गरिएको छ ।

सिन्धुपाल्चोक इन्टरनेसनल ट्रेल रेस संस्थाले आयोजना गरेको दौड प्रतियोगितामा १६ जना महिला र २९ जना पुरुष सहभागी भए । जसमा २३ जना विदेशी र ३७ जना नेपाली थिए । त्यसका लागि ६० किलोमिटर र २८ किलोमिटरको छुट्टाछुट्टै प्रतियोगिता गरिएको थियो ।

सिन्धुपाल्चोकको ठूलो शिरुबारबाट ६० किलोमिटरको र जलबीरेबाट २८ किलोमिटरको दौड सुरु गरिएको थियो ।

रेस संयोजक महेश दाहालले समुदायमा आधारित गैरनाफामूलक यस रेसले सिन्धुपाल्चोकलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाएको बताए । उनले रेसका विजयी खेलाडीले अन्तराष्ट्रिय दौड प्रतियोगितामा समेत जितेको जानकारी दिए । यो स्थानीय संघसंस्थाको पहलमा आयोजित यो समुदायमा आधारित एक मात्र रेस हो ।

२०७२ को भूकम्पपछि उद्धारका लागि समेत रेस आयोजना गरिएको थियो ।

तस्वीर : जीवन लामा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?