+
+

‘आईएमई पे’को चाडपर्व लक्षित क्यासब्याकका साथै बम्पर उपहार योजना सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १४ गते १८:४८

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले ले दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरी ‘आइएमई पे डिजिटल दशैं तिहार’ योजना सार्वजनिक गरेको छ ।

१४ असोजदेखि सुरू भएको यो अफर ३ मंसिरसम्म लागु हुनेछ । यो अभियान अन्तर्गत हरेक दिन ५० जना भाग्यशाली सेवाग्राहीहरुले विभिन्न कारोबारका लागि क्यासब्याकको प्रोमो कोड प्राप्त गर्न सक्नेछन् । त्यस्तै हरेक हप्ता १ जना भाग्यशाली सेवाग्राहीले अल्टिमा लाइफस्टाइलको गिफ्ट ह्यम्पर पनि प्राप्त गर्नेछन् ।

योजनाको अन्त्यमा ८ जना भाग्यशाली विजेताले ५० हजार रूपैयाँ बराबरको सपिङ गिफ्ट ह्यम्पर प्राप्त गर्न सक्नेछन् ।

यससँगै आईएमई पे मार्फत रेमिटेन्स प्राप्त गर्दा हरेक महिना १ जनाले १ लाख रुपैया प्राप्त गर्ने र बम्परमा १ करोड प्राप्त गर्ने डबल मौका रहको आईएमई पेका सीईओ प्रविन रेग्मीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?