+
+

एमाले कर्णालीको अध्यक्षमा गुलावजंगलाई अग्रता

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १५ गते १५:३६

१५ असोज, सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्वका लागि मतगणना सुरु भएको छ ।

अध्यक्षका उम्मेदवार गुलावजंग शाहले सुरुवाती अग्रता लिएका छन् ।

१०० मत गन्दा शाहले ५२ मत प्राप्त गर्दै अग्रता लिएका हुन् । अध्यक्षका अर्को उम्मेदवार मीनबहादुर शाहीले ३८ मत प्राप्त गरेको निर्वाचन कमिटीले जनाएको छ ।

प्रदेश अध्यक्षकै अर्का उम्मेदवार प्रकाश रोकायाले २ मत पाएका छन् ।

उपाध्यक्षमा टेकराज पछाई ४६ मत सहित अघि छन् । लालबहादुर महतराले ३८ र दानसिंह परियारले ११ मत पाएका छन् ।

सचिवमा ध्रुवकुमार शाही ६५ मतसहित अघि छन् भने रुद्रबहादुर शाहीले २७ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?