+
+

भृकुटीमण्डपमा १८ असोजदेखि ‘जीएआई फूड, बेभरेज एण्ड हस्पिटालिटी’ सञ्चालन हुने

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १६ गते १७:५९

काठमाडौं । भृकुटीमण्डपमा १८ असोजदेखि ‘जीएआई फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी-२०२३’ सञ्चालन हुने भएको छ ।

विशेष रूपमा खाद्य, पेय पदार्थ र आतिथ्यमा केन्द्रित यस हस्पिटालिटी नेपालमा सबैभन्दा तीव्र वृद्धिदर भएको यस क्षेत्रको एकमात्र बृहत एक्स्पो भएको आयोजकले जनाएको छ ।

जीएआई एफबीएच २०२३ ले लगभग ३० हजार जना आगन्तुकलाई आकर्षित गर्ने अपेक्षा आयोजकले गरेको छ । जसमध्ये जीएआई एफबीएच २०२३ ले लगभग १५ हजार व्यावसायिक आगन्तुकहरूको अपेक्षा राखेको छ ।

एक्स्पोमा होटल व्यवसायी, रेस्टुरेन्ट, क्लब , बार, पब, पार्टी-प्यालेस , क्यान्टिन, सुपर-मार्केट, ग्रोसरी मार्ट, किराना – पासल, बेकरी, स्न्याक्स उत्पादक, कृषि खाद्य प्रशोधन उत्पादकहरूका सञ्चालक तथा  प्रबन्धकहरू, केटररहरू, शेफहरू, बारटेन्डर र बरिस्टाहरूको सहभागिता रहने छ । यो एक्स्पो खानपिन केन्द्रित भएकोले उपभोक्ताहरूको पनि बाक्लो उपस्थिति रहने आयोजकले जनाएको छ ।

यस मेला मार्फत् आगन्तुकहरुले खाना, पेय पदार्थ र आतिथ्य उत्पादन तथा सेवाहरूको बारेमा विस्तृत रुपमा बुझ्न पाउनेछन् भने गत वर्षको तुलनामा यस वर्ष २५ प्रतिशतले प्रदर्शकहरुको सङ्ख्यामा पनि वृद्धि हुने आयोजकको भनाइ छ ।

मेलामा ५ हजार उत्पादन  सेवाहरू, २ सय कम्पनीहरू रहनेछन् भने १ हजार ८०० वर्ग मिटरभन्दा माथिका १५० स्टलहरू सञ्चालन हुनेछन् ।

मेलामा कम्पनीहरुले आफ्ना उत्पादनहरुको विशेषता, स्किम वा अफर्स, स्वाद आदिका बारेमा विस्तृत  जानकारी दिने भएकाले आगन्तुकहरुका लागि नयाँ खाना र पेय पदार्थहरूको  स्वाद लिन यो एक उत्कृष्ट अवसर हुने आयोजकको दाबी छ । साथै यो कार्यक्रम  खाद्य, पेय र आतिथ्यबारे अवलोकन गर्न, अन्तरक्रिया गर्न, भाग लिन वा नयाँ सम्पर्कहरू बनाउन र जानकारी प्राप्त गर्न आगन्तुकहरूको लागि एउटा महत्पूर्ण स्थान हुनसक्ने आयोजकको विश्वास छ ।

आफ्नो व्यापार व्यवसाय लाई नयाँ उचाइमा पुर्याउन, जीएआई एफबीएच २०२३ प्रभावकारी सञ्चार र विज्ञापन प्लेटफर्म साबित हुने आयोजकको भनाइ छ । यो एक्सपो २१ असोजसम्म सञ्चालन हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?