
काठमाडौं । काठमाडौं महानगरपालिका–२२ स्थित खिचापोखरीमा हिमालयन बैंक लिमिटेडको नयाँ भवन शिलान्यास भएको छ । बैंककै जग्गामा निर्माण हुन लागेको भवनको शिलान्यास बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले गरेका हुन् ।
भवन शिलान्यास कार्यक्रममा बैंकका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत, उच्चपदस्थ कर्मचारी लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बैंकका अध्यक्ष श्रेष्ठले देशका विभिन्न प्रमुख शहरहरु जस्तै इटहरी, वीरगञ्ज, भैरहवाबाट बैंकले आफ्नै भवनबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको बताए ।
यस्तै काठमाडौको दरबारमार्गमा पनि भवन निर्माण अन्तिम चरणमा पुगेको उनको भनाइ थियो ।
बैंकले भरतपुर र नेपालगञ्जमा पनि निकट भविष्यमा आफ्नै भवन निर्माण गरी ग्राहकहरुलाई सेवा प्रदान गर्ने योजना रहेको उनले बताए ।
सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले नयाँ भवन निर्माणपछि बैंकले आफ्नै भवनबाट ग्राहकलाई विशेष तथा परिष्कृत बैंकिङ सेवा–सुबिधा प्रदान गर्ने उद्देश्य रहेको बताए ।
प्रतिक्रिया 4