+
+
Shares

एमसीसीकी सीईओ अलब्राइट र अर्थमन्त्री महतबीच भेट

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १६ गते १८:२७

१६ असोज, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस अलब्राइटको नेतृत्वमा आएको प्रतिनिधिमण्डल बीच भेटवार्ता भएको छ ।

भेटघाटका अवसरमा अर्थमन्त्री महतले एमसीसी अन्तर्गतका आयोजनाको सफलता अनिवार्य रहेको र निर्धारित समयसीमा, बजेट सीमा र स्कोप अनुरुप कार्यान्वयन हुन सकेमा मात्र विगतका सन्देहहरुको अन्त्य हुने बताए ।

उनले नेपालमा आयोजना व्यवस्थापनको सफल उदाहरण प्रस्तुत हुन सक्ने विचार समेत व्यक्त गरेका छन् ।

कार्यान्वयनमा देखिएका समस्यालाई यथाशीघ्र समाधान गरी अगाडि बढ्न एमसीए नेपाललाई निर्देशन समेत दिए ।

सो अवसमा प्रमुख कार्याकारी अधिकृत एलिस अल्ब्राइटले नेपालमा एमसीसी आयोजनाको कार्यान्वयन प्रारम्भ भएको अवसरलाई स्मरणीय बनाउन र कार्यान्वयनमा देखिएका समस्याको नजिकबाट जानकारी लिन नेपाल आएको र यसलाई सफल बनाउन एमसीसी कटिबद्ध रहेको विचार व्यक्त गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?