+
+

आइफोन १५ किन धेरै तात्छ ? एप्पल यसो भन्छ

एजेन्सी एजेन्सी
२०८० असोज १७ गते १३:२७

एप्पललको पछिल्लो मोडेल आइफोन १५ सिरिज बजारमा आएसँगै कतिपय प्रयोगकर्ताहरुले फोन धेरै तातेको गुनासो गरिरहेका छन् ।

भर्खरै बजारमा आएको नयाँ आइफोन तातेको गुनासो आउनु एप्पलका लागि सुखद कुरा होइन । त्यसैले यसको कारणको खोजी गर्दै उपभोक्तालाई विश्वस्त बनाउने प्रयास पनि एप्पलले गरिरहेको छ ।

एप्पलका अनुसार आइफोनमा आईओएस १७ अपडेट गर्दा बग फेला पर्नुका साथै अन्य बाह्य एपहरुमा भएको परिवर्तनले सिस्टम ओभरलोड हुँदा आइफोन तातेको हो ।

आइफोन प्रयोगकर्ताले आफ्नो फोनकेा सुरुआती सेटअप तथा ब्याकअप राख्ने बेलामा अधिकतम प्रोसेसिङ पावरको प्रयोगका साथै धेरै समय काम गर्नुपर्दा फोन तातेको अनुभव गर्दछन् । तर आइफोन १५ मा भने यो समस्या धेरै देखिएको छ ।

आइफोन १५ सिरिजमा तात्ने समस्या धेरै देखिएको भन्दै प्रयोगकर्ताहरुले सोसल मिडियामा गुनासो गरिरहेका छन् ।

सुरुआती केही दिन डिभासको सेटअप गर्दा तथा रिस्टोर गर्ने क्रममा ब्याकग्राउण्डका गतिविधिमा वृद्धि हुने भएकाले फोन केही तातेको अनुभव हुनसक्ने एप्पलले जनाएको छ ।

एप्पलले भनेको छ, ‘हामीले आइफोन अपेक्षाभन्दा धेरै तात्नुका केही कारणहरु पहिचान गरेका छौं ।’

यस्ता कारणहरुमा एउटा एप्पलको पछिल्लो अपरेटिङ सिस्टम आइओएस १७ मा रहेको बग हो भने अर्को आइफोनमा रहेका अन्य थर्ड पार्टी एपहरुमा हुने पछिल्लो अपडेट हो जसले सिस्टमलाई ओभरलोड बनाउने गरेको छ ।

आफुले ती समस्या समाधानका लागि एप डेभलपर्ससँग सहकार्य गरिरहेको र छिटै नै समस्याको समाधान हुने एप्पलले जनाएको छ ।

आइफोन १५ लाई बढी तताउनमा जिम्मेवार रहेका एपहरुमा सोसल मिडिया प्लाटर्फम इन्स्टाग्राम पनि रहेको छ । त्यस्तै ट्याक्सी खोज्ने एप उबरका साथै भिडियो गेम एस्फाल्ट ९ पनि जिम्मेवार रहेको एप्पलले जनाएको छ ।

साथै आइफोनको तात्ने समस्यालाई सम्बोधन गर्नका लागि आईओएस १७ को बग हटाउने कार्यले फोनको कार्यक्षमतामा भने कुनै असर नपर्ने एप्पलले प्रष्ट पारेको छ ।

त्यस्तै एप्पलले आइफोन १५ प्रो तथा आइफोन १५ प्रो म्याक्सको बाहिरी भागमा राखिएको टाइटानियम फोन तात्नुमा जिम्मेवार नरहेको पनि दाबी ग्रेको छ ।

त्यस्तै यूएसबी सी पोर्टका कारणले फोन तातेको हुनसक्ने अनुमानलाई पनि उसले खारेज गरेको छ ।

हाल देखिएको आइफोन तात्ने समस्या कुनै सुरक्षाजन्य तथा चोटपटक लगाउने जोखिम भएको विषय नरहेको भन्दै एप्पलले यसले फोनको दीर्घकालीन कार्यक्षमतामा असर नगर्ने एप्पलको भनाई छ ।

-बीबीसी

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?