+
+

यस्ता छन् भौतिकशास्त्रको नोबेल पुरस्कारका केही तथ्यहरू

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १७ गते १४:०६

सन् २०२३ को भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार फेरेन्स क्रज, पियरे अगोस्तिनी र एनी एल ह्युलिएरलाई प्राप्त गरेका छन् ।

परमाणुतथा अणुभित्र रहेका इलेक्ट्रोनहरुको संसार देखाउने टूलको विकास गरेबापत यी वैज्ञानिकलाई नोबेल पुरस्कार प्रदान गरिएको हो । उनीहरुले प्रकाशको स-साना पल्सहरु सिर्जना गरेर इलेक्ट्रोनको अध्ययन गरेका थिए ।

यो पटकको भौतिक विज्ञानको नोबेल पुरस्कार पाउने पियरे अगोस्तिनी अमेरिकी वैज्ञानिक हुन् भने फेरेन्स क्रज जर्मन र एनी एल ह्युलिएर स्विडिस हुन् ।

उनीहरुले एउटा यस्तो टूलको विकास गरे जसबाट एट्टो सेकेण्डको समयमा इलेक्ट्रोनको संसार हेर्न सकिन्छ । एट्टो सेकेण्ड भनेको एक सेकेण्डको एक करोड खर्ब हिस्सा (1/1,000,000,000,000,000,000 second)  हो । यति नै छोटो समयमा ब्रम्हाण्डको उमेर पनि थाहा हुन्छ ।

एनी एल ह्युएलर स्विडेनको लुण्ड विश्वविद्यालयमा भौतिक शास्त्रकी प्राध्यापक हुन् ।

उनले सन् १९८७ मै कुनै नोबल ग्यासमा इन्फ्रारेड लेजर प्रकाश पठाउँदा प्रकाशबाट विविध ओभरटोन देखिने तथ्य पत्ता लगाएकी थिइन् । ग्याँसका परमाणुसँग प्रकाश ठोक्किँदा त्यस्तो हुन्छ । यसबाट परमाणुको इलेक्ट्रोनलाई धेरै उर्जा प्राप्त हुन्छ । त्यसपछि परमाणु प्रकाशमय बन्दछ ।

पिएरे अगोस्तिनीले सन् २००१ मा एउटा प्रयोग गरेका थिए । उनले लगातार प्रकाशको पल्सहरु चलाए जहाँ हरेक पल्स अर्थात् प्रकाशका झोक्काहरु २५० एट्टोसेकेण्डसम्म रोकिएका थिए । त्यहीँ समयमा फेरेन्स क्रजचाहिं प्रकाशको एउटा पल्सलाई ६५० एट्टोसेकेण्ड सम्म टिकाउन सफल भए ।

यी तिनजनाकै खोजका कारण इलेक्ट्रोनको संसारलाई बुझ्न सजिलो भयो । वास्तवमा इलेक्ट्रोनको स्वरुप तथा गतिविधिलाई बुझ्नु तथा तिनीहरुको गति, चमक तथा दबाबका बारेमा थाहा पाउनु सजिलो काम होइन । त्यसैले वैज्ञानिकहरुले यो खोजले भविष्यमा विभिन्न खालका अत्याधुनिक इलेक्ट्रोनिक प्रडक्टहरुको निर्माणमा सहयोग पुग्दछ ।

यसबाट इलेक्ट्रोनलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने कुरा समेत थाहा पाउन सकिन्छ । एट्टोसेकेण्ड पल्सेसको प्रयोग कुनै अणुको पहिचानका निम्ति गर्न सकिन्छ जुन चिकित्सा निदानमा पनि हुनसक्छ ।

भौतिकशास्त्रको नोबेल पुरस्कारका केही तथ्यहरु

सन् १९०१ देखि हालसम्म भौतिक शास्त्रमा कुल ११६ वटा नोबेल पुरस्कार दिइएको छ । तर अहिलेसम्म भौतिक शास्त्रमा नोबेल पुरस्कार पाउने महिला वैज्ञानिक भने जम्मा पाँच जना मात्र छन् । हालसम्म कुल २२४ जनाले भौतिकशास्त्रमा नोबल पुरस्कार पाएका छन् ।

· पहिलोपटक सन् १९०१ मा भौतिक शास्त्रको नोबेल पुरस्कार पाउने वैज्ञानिक विल्हेम कोनराड रोन्टजेन हुन् ।

· दुईपटक भौतिकशास्त्रको नोबेल पुरस्कार पाउने व्यक्ति जोन बार्डीन हुन् । उनले सन् १९५६र १९७२ मा नोबेल पुरस्कार पाएका थिए ।

· भौतिक शास्त्रको नोबेल पुरस्कार पाउने सबैभन्दा कान्छो वैज्ञानिक विलियम लरेन्स ब्राग हुन् । उनले २५ वर्षको उमेरमा सन् १९१५ मा नोबेल पुरस्कार पाएका थिए ।

· सबैभन्दा पाको उमेरमा भौतिकशास्त्रको नोबेल पुरस्कार पाउने व्यक्ति आर्थर आश्किन हुन् । उनले सन् २०१८ मा ९६ वर्षको उमेरमा नोबेल पुरस्कार पाएका थिए ।

· भौतिक शास्त्रको नोबेल पुरस्कार पाउने पहिलो महिला म्याडम क्युरी हुन् । उनले सन् १९६३ मा नोबेल पुरस्कार पाएकी थिइन् ।

· सन् १९१६, १९३१, १९३४, १९४०, १९४१ तथा १९४२ गरी हालसम्म ६ वटा वर्षमा भौतिक शास्त्रमा नोबेल पुरस्कार वितरण गरिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?