+
+

यू–१९ एसीसी प्रिमियर कपका लागि देव खनालको कप्तानीमा टोली घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १७ गते १५:२६

१७ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले मलेसियामा हुन लागेको यू- १९ एसीसी प्रिमियर कपका लागि टिमको घोषणा गरेको छ ।

क्यानले बुधबार देव खनालको कप्तानीमा टिमको घोषणा गरेको हो ।

क्यानले ४ वैकल्पिक खेलाडीसहित १६ सदस्यीय टोलीको घोषणा गरेको हो ।

नेपलले समुह एमा रहेर बहराइन, साउदी अरेबीया र इरानसँग खेल्नेछ ।

प्रतियोगिताको शीर्ष ३ टोलीले आगामी डिसेम्बरमा हुने यू–१९ एसिया कप खेल्न पाउनेछ ।

नेपालको टोली :

देव खनाल(कप्तान), आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर, दीपक डुम्रे, दीपेश कंडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, सुवास भण्डारी, विशाल केसी र मिलन बोहरा ।

वैकल्पिक खेलाडीहरु :

प्रज्वल थापा, विपिन रावल, निर्मल गुरुङ र राजेश यादव ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?