+
+

फिफाले रसियामाथिको प्रतिबन्ध हटायो

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १८ गते १३:१८

१८ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले रसियामाथिको प्रतिबन्ध हटाएको छ ।

फिफाले रसियालाई उमेर समूहको महिला तथा पुरुष फुटबल प्रतियोगिता खेल्न दिने निर्णय गरेको हो । यस्तै निर्णय एक हप्ताअघि युरोपेली फुटबल महासंघ यूईएफएले गरेको थियो ।

युवा टिमलाई खेल्न दिने भए पनि फिफाले त्यसमा केही शर्तहरु राखेको छ । रसियाको युवा टिमले रसियाको नामबाट नभई रसिया फुटबल महासंघको नामबाट प्रतियोगिता खेल्ने छ । प्रतियोगितामा रसियाको टिमले आफ्नो राष्ट्रिय फुटबल किट प्रयोग गर्न पाउने छैन भने रसियाको राष्ट्रिय गानसमेत बजाइने छैन ।

रसियनले युक्रेनमाथि आक्रमण गरेपछि फिफाले २०२२ को फेब्रुअरीमा रसियाको राष्ट्रिय टिम तथा क्लबहरुलाई कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न प्रतिबन्ध लगाएको थियो ।

रसियामाथिको प्रतिबन्ध हटाउने निर्णयमा पुनर्विचार गर्न युक्रेनको फुटबल संघले फिफालाई आग्रह गरेको छ । युक्रेनले आफूले रसियाको टिम सहभागी भएको कुनै पनि प्रतियोगिता नखेल्ने चेतावनी दिएको छ ।

यस्तै इंग्ल्याण्ड, नर्वे, स्वीडेन र डेनमार्कले पनि रसिया सहभागी हुने प्रतियोगिता आफूहरुले नखेल्ने बताएका छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?