+
+

एमाले उपत्यका विशेष प्रदेशको अधिवेशन शुक्रबारदेखि

रासस रासस
२०८० असोज १९ गते ६:२९

१९ असोज, काठमाडौं । नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशन शुक्रबारदेखि काठमाडौंमा हुँदैछ । एमालेका अधिकांश भौगोलिक प्रदेश कमिटीका अधिवेशन सकिन लाग्दा पूर्वनिर्धारित तालिका अनुसार गैह्रभौगोलिक र बुद्धिजीवी–कर्मचारी क्षेत्रका सदस्य आबद्ध यस प्रदेश कमिटीको अधिवेशन हुन लागेको हो ।

अधिवेशनको तयारी पूरा भएको र अधिवेशनको एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभागृहमा उद्घाटन गर्ने उक्त कमिटीका अध्यक्ष प्रेम पराजुलीले जानकारी दिए । उद्घाटनअघि शान्तिबाटिका (रत्नपार्क)बाट प्रदर्शनीमार्गसम्म पदयात्रा गरिनेछ ।

कुल ३०४ प्रतिनिधि रहने अधिवेशनले ७५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ ।

यस प्रदेश कमिटी मातहत बुद्धिजीवी विशेष, मजदुर, विद्यार्थी र उद्योग–व्यावसय गरी चार जिल्ला कमिटी र ५८ इलाका कमिटी छन् ।

अध्यक्ष पराजुलीले यस क्षेत्रले आफ्नो मर्यादा, अनुशासन र सीमालाई ध्याल गरेर व्यवस्थितरुपमा अधिवेशन सम्पन्न गर्ने बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?