+
+

बोर्डलाई सरकार मातहत राख्न नहुने भन्दै आठ फिल्म संस्थाले बुझाए पत्र

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १९ गते १२:५२

काठमाडौं । चलचित्र विकास बोर्डलाई सरकार मातहत राख्न नहुने भन्दै फिल्मसम्बद्ध आठ संस्थाले शुक्रबार बोर्ड अध्यक्ष भुवन केसीलाई मागपत्र बुझाएका छन् ।

चलचित्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामा बोर्ड पूर्ण स्वायत्त हुनुपर्ने माग राख्दै उनीहरुले मागपत्र बुझाएका हुन् । विधेयकलाई बोर्डको स्वायत्तता बाहिर गएर बनाएको भन्दै उनीहरु असन्तुष्ट छन् ।

चलचित्र निर्माता संघ, चलचित्र संघ, कलाकार संघ, निर्देशक समाज, प्राविधिक संघ, द्वन्द्व कलाकार संघ, नृत्य संघ र आदिवासी जनजाति चलचित्र महासंघले बुझाएको संयुक्त निवेदनमा चलचित्र विधेयकमाथि गम्भीर असहमति जनाइएको उल्लेख छ ।

पत्र बुझ्दै बोर्ड अध्यक्ष भुवन केसीले बोर्डको स्वायत्तताको आन्दोलनमा आफ्नो पनि ऐक्यबद्धता रहेको बताएको निर्माता संघका अध्यक्ष नवल खड्काले बताए । ‘अध्यक्षज्यूले पनि बोर्ड स्वायत्तताको सवालमा पनि साथ छु भन्नुभयो,’ उनले भने ।

माग पूरा नभएसम्म चलचित्र विकास बोर्डले आयोजना गर्ने सबै कार्यक्रम बहिष्कार गर्ने पनि अध्यक्ष खड्काले बताए । ‘हाम्रो बटमलाइन नै बोर्ड मन्त्रालयको मातहत हुनुहुँदैन भन्ने हो,’ उनले भने ।

संयुक्त मागपत्रमा बोर्डलाई सञ्चार मन्त्रालयको एउटा शाखाको रुपमा परिकल्पना गरिएको विधेयक अस्वीकार्य रहेको बताइएको छ । यो विधेयक नेपालको संविधान र संघीयताको मर्मविपरीत समेत छ,’ पत्रमा उल्लेख छ ।

आठ संस्थाले शुक्रबारै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई मागपत्र बुझाएका छन् ।

बोर्डले दुई साताअघि रायसुझाव र पृष्ठपोषणका लागि भन्दै विधेयकको मस्यौदा सार्वजनिक गरेको थियो । यो विधेयकले २०२६ सालको फिल्म ऐनलाई प्रतिस्थापन गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?